१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गोरखाका आठ मतदान केन्द्रमा सय भन्दा कम मत खस्यो

गौरीशंकर आधारभूत विद्यालय सामागाउँ केन्द्रबाट गोरखा सदरमुकाम ल्याउन मत पेटिका तयार गर्दै। तस्बिर: मिङमार

गोरखाको आठ वटा मतदान केन्द्रमा सय भन्दा कम मत खसेको छ। मतदाता संख्या नै न्यून रहेका क्षेत्र नम्बर १ को चुमनुब्री गाउँपालिकाको सात वटा र गोरखा २ को बारपाक सुलिकोट गाउँपालिकाको एउटा केन्द्रमा एक सय भन्दा कम मत खसेको हो।  

गोरखाको चुमनुब्री गाउँपालिका ४ को नाम्रुङ स्वास्थ्य चौकी केन्द्रमा ४४ मत मात्रै खसेको छ। ८३ जना मतदाता रहेको त्यहाँ आइतबार दिउँसो १ बजेभित्रै ४४ जनाले मतदान गरिसकेका थिए। साँझ ५ बजेसम्म उक्त संख्या थप नभएको मतदान अधिकृत नेत्रप्रसाद पौडेलले बताए। यो गोरखाको सबैभन्दा कम मतदाता भएको केन्द्र हो।  

सोही पालिकाको वडा नम्बर १ स्थित साम्दो आधारभूत विद्यालयमा ६६ जनाले मतदान गरेका छन्। त्यहाँ ९८ जना मतदाता थिए। एक सय तीन मतदाता रहेको क्वाक आधारभूत विद्यालय चुमनुब्री ४ मा ५८ मत मात्रै खस्यो। त्यहाँ दिउँसो २ बजे नै मतदान सकिएको थियो। हिमचुली आधारभूत विद्यालय छाकमा ६० मत मात्रै खस्यो। त्यहाँ एक सय नौ मतदाता थिए।  

चुमनुब्री ३ को बौद्ध हिमाली आधारभूत विद्यालय न्याकमा एक सय ३५ मतदाता मध्ये ९७ जना मात्रै सहभागी भए।  

एक सय ५९ मतदाता रहेको चुमनुब्री ६ को सिम्चेत आधारभूत विद्यालयमा ८० जनाले मतदान गरे। चुमनुब्री ५ को क्य्राक आधारभूत विद्यालयमा ९५ मत मात्रै खस्यो। त्यहाँ एक सय ६० मतदाता रहेका छन्।  

गोरखा २ को बारपाक सुलिकोट गाउँपालिका ३ को स्तुल आधारभूत विद्यालयमा ७१ मत खसेको छ। त्यहाँ एक सय २३ मतदाता थिए।  

गोरखामा तीन सय १७ मतदान केन्द्र रहेको थियो।  

 

प्रकाशित: ४ मंसिर २०७९ १३:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App