६ आश्विन २०८१ आइतबार
image/svg+xml

८ जिल्लामा ३८ राउण्ड हवाइफायर, ६३ ठाउँमा मतदान स्थगित

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईले रौतहट, सिराहा, चितवन, दोलखा, बाजुरा, दाचुर्ला, डोटी र हुम्ला जिल्लाको २ ठाउँमा गोली चलेको र ६३ ठाउँमा मतदान स्थगित भएको जानकारी दिए।

कर्णालीमा ३४८ जना कैदीबन्दीले गरे मतदान

कैदीबन्दीले प्रतिनिधिसभातर्फको समानुपातिकमा मतदान गरेको प्रदेश निर्वाचन कार्यालय कर्णालीले जनाएको हो।

रसुवामा दिउँसो ३ः३० बजेसम्म ६४ प्रतिशत मतदान

प्रमुख जिल्ला अधिकारी नवराज जैसीले दिउँसो ३ः३० बजेसम्म कुल ३९ हजार चार सय ५९ मतदातामध्ये ६४ प्रतिशत मत खसेको जानकारी दिए।

मतदाताको उपस्थित कम, ७० प्रतिशत मात्रै मतदान हुने अनुमान

निर्वाचन पर्यवेक्षकहरुले यस पटकको निर्वाचनमा मतदाताहरु उत्साहीत नदेखिएको बताएका छन्।

पूर्वी नवलपरासीमा ४५ प्रतिशत मतदान

दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेको यस जिल्लामा एक लाख १० हजार सात सय ९० मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

दार्चुलाको आगरमा तनाव, प्रहरीद्धारा ३ राउण्ड हवाई फायर

जिल्लाको शैल्यशिखर नगरपालिका–५ को मालिकार्जुन मावि आगर मतदान केन्द्रमा तनाव भएपछि प्रहरीले ३ राउण्ड हवाई फायर गरेको हो।

ललितपुरमा १ बजेसम्म ३६ दशमलव १३ प्रतिशत मतदान

‘आज दिउँसो १ बजेसम्म दुई सय ९० वटै मतदान केन्द्रमा गरी ३६ दशमलव १३ प्रतिशत मतदान भइसकेको छ’, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले भने, ‘निर्धारित समयसम्म ६० प्रतिशतभन्दा बढी मतदान हुने अपेक्षा गरेका छौँ।’

मोरङमा ३४ प्रतिशत मत खस्यो

मोरङमा ७ लाख ३५ हजार ५ सय २५ जना मतदाता रहेका छन्। जसमा ३ लाख ६१ हजार १ सय ९३ जना महिला र ३ लाख ७४ हजार ३ सय २६ जना पुरुष छन्।

प्रचण्ड पत्नी सीता काठमाडौँमा उपचारत, चितवनमा उनकाे नाममा अर्कैले गर्‍यो मतदान

चितवन क्षेत्र नम्वर ३ का सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले सीता दाहालको नामको मतदान भएको जानकारी प्राप्त गरेको बताए।

मंसिर १५ गतेसम्ममा एमालेको बहुमतको सरकार बन्छः अध्यक्ष ओली

अध्यक्ष ओलीले आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित क्षेत्र नं ‘क’ को महेन्द्र शान्ति मा.वि.को मतदान केन्द्रबाट मतदान गर्दै उनले निर्वाचनबाट एमालेले बहुमत ल्याउने दाबी गरे।

देशभर १२ः४५ सम्म ३२ प्रतिशत मतदानः निर्वाचन आयोग

आयोगमा जारी पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिएका हुन्।

सामान्य विवादमा निर्वाचन स्थगित नर्गन आयोगको निर्देशन,गर्नै परे आयोगको सहमति लिनुपर्ने

निर्वाचन आयोगले सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्