१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

८ जिल्लामा ३८ राउण्ड हवाइफायर, ६३ ठाउँमा मतदान स्थगित

यति बेला देशैभर निवार्चन भइरहेको छ। उक्त अवस्थामा देशै भरका ८ जिल्लामा हवाइफायर र ६३ ठाउँमा मतदान स्थगित भएको छ।  

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईले रौतहट, सिराहा, चितवन, दोलखा, बाजुरा, दाचुर्ला, डोटी र हुम्ला जिल्लाको २ ठाउँमा गोली चलेको र ६३ ठाउँमा मतदान स्थगित भएको जानकारी दिए।  

उनका अनुसार आठ जिल्लामा ३८ राउन्ड गोली फायर भएको छ भने देशभरका ६३ ठाउँको मतदान स्थगित भएको छ। त्यसमध्ये अहिले ४७ स्थानको मतदान पुन सुचारु भइसकेको १६ स्थानमा मतदान सुचारु गर्ने तयारी भइरहेको छ प्रवक्ता राईले बताए।

कुन कुन ठाउँको कुन स्थानमा भए मतदान स्थगित र सुचारु: 

प्रदेश नं १ का १३ ठाउँमा मतदान स्थगित भएको छ भने ११ ठाउँमा सुचारु भइसकेको छ। झापा र तेह्रथुममा सुचारु हुन बाँकी छ।  

मधेश प्रदेशको स्थगित २ ठाउँमा नै मतदान सुचारु भइसकेको छ।  

बागमती प्रदेशको १३ स्थानमा स्थगित भएकामा १० ठाउँमा सुचारु र ३ ठाउँमा मतदान सुचारु हुन बाँकी छ।

गण्डकी प्रदेशको ४ स्थानमा मतदान स्थगित भएकामा ३ स्थानमा सुचारु भएको छ भने एक ठाउँमा सुचारु हुन बाँकी छ।

लुम्बिनी प्रदेशका ८ स्थानमा मतदान स्थगित भएकामा ७ स्थानमा सुचारु भइसकेको छ भने एक स्थानमा सुचारु हुन बाँकी छ।

कर्णाली प्रदेश्मा स्थगित ७ स्थानमध्ये ६ स्थानमा मतदान सुचारु भएको छ भने एक स्थानमा सुचारु हुन बाँकी छ।

सुदुरपश्चिम प्रदेशका १५ स्थानमा मतदान स्थगित भएकोमा ७ स्थानमा सुचारु भएको छ भने ८ स्थानमा सुचारु हुन बाँकी छ। बाजुराको बालबिकास मावि , छतरादेवि मावि , नन्देश्वरी मावि, मस्ठेश्वरी मावि, कहिलेश्वरी मावि, तल्लोसावी देउ मावि , गेडीखेल्ले मावि, र जुकोट उपत्यकाको एक स्थानमा स्थगित भएको थियो।

प्रकाशित: ४ मंसिर २०७९ ११:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App