२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

९२ वर्षे तरमै महर्जनद्वारा मतदान

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आज जारी मतदानमा र्कीतिपुर निवासी ९२ वर्षे तरमै महर्जनले मतदान गरेका छन्।

कीर्तिपुर वडा नं ९ स्थित नेपाल टेलिकम कार्यालयमा रहेको मतदान केन्द्रमा उनले मतदान गरेका हुन्। महर्जन मतदानपछि निकै उत्साही हुनुभयो । ‘हामीलाई भोट हाल्ने अधिकार छ, भोट हाल्नै प¥यो’, उनले भने, ‘यो उमेरमा पनि भोट दिन पाउँदा राम्रो लागेको छ।’

उनले छोराको सहयोगमा आज विहान मतदान गरेका हुन्। उनले मतदान केन्द्रमा पहिले जस्तो मानिसको भिड नदेखेको बताए। उनले गत स्थानीय तहको निवार्चनमा पनि मतदान गरेका थिए।

प्रकाशित: ४ मंसिर २०७९ ११:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App