७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

दार्चुलाको आगरमा तनाव, प्रहरीद्धारा ३ राउण्ड हवाई फायर

दार्चुलाको एक मतदान स्थलमा झडपको स्थिति सिर्जना भएपछि ३ राउण्ड हवाइ फायर भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–५ को मालिकार्जुन मावि आगर मतदान केन्द्रमा तनाव भएपछि प्रहरीले ३ राउण्ड हवाई फायर गरेको हो।

केही समय विवाद हुँदा दुई पक्षबीच झडपको स्थिति सिर्जना भएपछि भीड तितर बितर पार्न हवाइ फायर गरिएको प्रहरीले जानकारी दिएको छ। केही समयका लागि त्यहाँ मतदान प्रक्रिया रोकिएको जनाइएको छ। सो मतदान केन्द्रमा पुनः मतदान शुरु गराउनका लागि अहिले सर्वपक्षीय बैठक बसीरहेको  प्रहरी निरीक्षक राजेश शाहीले बताए।

प्रकाशित: ४ मंसिर २०७९ ०९:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App