९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

सिनामंगलको होटलमा युगल जोडी झुण्डिएको अवस्थामा फेला

काठमाडौं सिनामंगलको एक होटलमा युगल जोडी झुण्डिएको अवस्थामा फेला परेका छन्। सिनामंगलको होटल जन्मभूमिमा शनिबार साँझ बास बस्न गएका उनीहरु आइतबार बिहान झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। 

शनिबार साँझ होटल पुगेका उनीहरु एउटै कोठामा बसेका थिए। एउटै सलको पासो लगाएर झुण्डिएकाले उनीहरुले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक आशंका छ। 

होटलको रेकर्ड अनुसार मृतक सुनसरी दुहवीका ३४  वर्षिय रमेश माझी र २९ वर्षीया शर्मिला माझी रहेको प्रहरीले जनाएको छ। 

उनीहरु दुवै जना २ वर्ष क्यानडा बसेर हिजैमात्र काठमाडौं ओर्लिएको प्रहरीको भनाई छ। दुवै जना श्रीमान श्रीमती भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

प्रकाशित: ९ मंसिर २०८१ १२:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App