७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रचण्ड पत्नी सीता काठमाडौँमा उपचारत, चितवनमा उनकाे नाममा अर्कैले गर्‍यो मतदान

नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको अनुपस्थितिमा पनि उनको नामबाट मतदान भएको छ। 

आज बिहान साढे सात बजेको समयमा भरतपुर महानगरपालिका १४ स्थित नेपाल पुलिस स्कूल शान्तिपुरमा पुगेर छोरी गंगा दाहालले आमाको नामको मतदान गरेको स्थानीयले आरोप लगाएका छन्। चितवन क्षेत्र नम्वर ३ का सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले सीता दाहालको नामबाट मतदान भएको जानकारी प्राप्त गरेको बताए। सीताको नाममा मतदान भएको छ उनले भने कसले हाल्यो खुलेको छैन। उनले कसले मतदान गरेको हो भन्नेबारे मतदान केन्द्रलाई नै थाहा हुने बताए।  

उनले उजुरी परेपछि छानबिन प्रकृया अघि बढाइने बताए। सीता दाहाल काठमाण्डौँको एक अस्तालमा उपचारत रहेकी छन्। सीता दाहालको मतदाता नम्बर १४३३९२८३ हो।  तर, छोरी गंगा दाहालको सो केन्द्रमा नाम समेत छैन।

प्रकाशित: ४ मंसिर २०७९ ०८:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App