१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रोल्पामा ४६ प्रतिशतले गरे मतदान

सुनसान थवाङको मतदान स्थल।

एक लाख ४५ हजार ४ सय ७१ मतदाता रहेको रोल्पामा करिब ४६ प्रतिसत मात्र मत खसेको छ। बिहानै देखि मतदानमा खासै उत्साह नदेखिएको रोल्पाको थवाङमा सबैभन्दा कम मत खसेको हो।  

रोल्पाका अधिकांश मतदानस्थलमा बिहानै देखि चुनावको खासै रौनक थिएन। राजनीतिक दल प्रतिको बितृष्णा र बिप्लव नेतृत्वको नेकपाको निर्वाचन बहिस्कारले मतदान कम भएको हुन सक्ने जानकारहरु बताउँछन्। गत स्थानीय तह निर्वाचनमा करिब ६६ प्रतिशत मत खसको थियो।  

प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाका अनुसार जिल्लामा शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको छ। उनले मतपेटिका ल्याउन सुरु गरिएको बताए। ‘मतपेटिका ढुवानी सुरु भएको छ। भोली सम्म सबै मतपेटिका आए पछि मतगणना सुरु गर्ने तयारी छ गरेका छौ।’

प्रकाशित: ४ मंसिर २०७९ १४:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App