२० आश्विन २०८१ आइतबार
image/svg+xml

कर्णालीमा ५५ जना कोरोना संक्रमित थपिए

बिहीबार कर्णालीमा ५५ जना कोभिड–१९ अर्थात् कोरोना संक्रमित थपिएका छन् । दैलेखका ४८, सुर्खेतका ६ र काठमाडौंका एकजना कोरोना संक्रमित थपिएका हुन् ।

संक्रमणको इपिसेन्टर बन्ने खतरामा क्वारेन्टिनहरू

अत्यधिक भीडले गर्दा रौतहटका क्वारेन्टिनहरू कोरोना भाइरसको संक्रमणको इपिसेन्टरको रुपमा विकास हुने खतरा रहेकोमा स्थानीयहरू चिन्ता व्यक्त गर्न थालेका छन् । स्वाब संकलन गरिएको दुई हप्तासम्म पनि रिपोर्ट नआउँदा संक्रमित र असंक्रिमतबीच क्वारेन्टिनमा भइरहेको सामान्य व्यवहारले क्वारेन्टिन नै संक्रमणको इपिसेन्टर बन्ने खतरा रहेको आशंका गरिन थालिएको हो ।

राष्ट्रियसभा विशेष समयः 'विदेशबाट आएकाहरुका कारण कोरोना संक्रमण बढ्यो'

राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेलले भारत लगायत तेस्रो मुलुकबाट नेपाली नागरिक आएका कारण नेपालमा कोरोना संक्रमण बढेको बताएका छन् । राष्ट्रियसभाको विशेष समयमा बोल्दै प्याकुरेलले भारत र अन्य मुलुकबाट नागरिकहरु आएको संक्रमण फैलिएको बताएका हुन ।

कोरोना संक्रमण पुष्टि भएको २४ घण्टाभित्रै मृत्यु र अन्त्येष्टि

गत वैशाख पाँच गते कोरोना संक्रमणको पहिलो पुष्टि भएको चितवनमा मंगलबार कोरोना संक्रमणकै कारण पहिलो मृत्यु भएको छ । भरतपुर महानगरपालिक–११ निवासी ६८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएको २४ घण्टाभित्रै मृत्यु भएका संक्रमितको देवघाट विकास क्षेत्रभित्र पर्ने वन क्षेत्रमा गाडेर अन्त्येष्टि गरिएको छ ।

क्वारेन्टिनमा कोरोना संक्रमणको बढ्दो ग्राफ

सप्तरीको बलाना बिहुल गाउँपालिकाको तीन वटा विद्यालयलाई क्वारेन्टिन बनाइएको छ । जसमध्ये जनता माध्यमिक विद्यालय सेहरा क्वारेन्टिनका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा थपिए ३ सय २३ जना संक्रमित, कूल संख्या ४ हजार नाघ्यो

मंगलबार थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ सय २३ कोरोना संक्रमित थपिएका हुन्।

बंगलादेश, भारत र पाकिस्तानमा कोरोना संक्रमण तीव्र

भारतभरका स्वास्थ्यकर्मीले अस्पतालमा रहेको असुरक्षित अवस्था, उपकरणको अभाव र घण्टौंसम्म काम गर्नुपर्ने स्थितिको अन्त्य गर्न सरकारसँग माग गर्दै विरोध प्रदर्शन गरेका छन्।

मानसिक सन्तुलन गुमाएकी ३२ वर्षीया महिलामा कोरोना संक्रमण

धादिङको गजुरी गाउँपालिका वडा नं ५ घाटबेसी आसपासमा बस्दै आइरहेकी ३२ वर्षीया महिलामा कोरोना संक्रमित (कोभिड १९) पुष्टि भएको छ । मानसिक सन्तुलन गुमाएकी महिला डेढ वर्ष अघिदेखि घाटबेसी आसपास क्षेत्रमा बस्दै आइरहेकी थिइन् ।

दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण

भरतपुरमा रहेको एक निजी अस्पतालमा कार्यरत दुई जना चिकित्सकसहित २० जनामा कोरोना संक्रमण पाइएको छ । भरतपुरस्थित कोभिड प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनीहरुको पिसिआर नतिजा पोजेटिभ आएको हो ।

सन्धिखर्क नगरपालिकाका उपमेयरलाई कोरोना संक्रमण

सन्धिखर्कका जनप्रतिनिधिमा पनि कोरोना संक्रमण देखा परेको छ । सन्धिखर्क नगरपालिकाका उपमेयरलाई कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ कार्यालय अर्घाखाँचीले जनाएको छ ।

धनकुटाकामा कोरोना संक्रमण कसरी भयो, अझै पत्तै लागेन

जिल्ला अस्पताल धनकुटामा कार्यरत स्वस्थ्यकर्मी सहित ७ जनाले कोरानालाई जितेर घर फर्किसकेका छन् । तर उनीहरुलाई कसरी कोराना संक्रमण भयो भनेर अझै पत्ता लाग्न सकेको छैन । जेठ ४ गते एकजना स्टाफ नर्समा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

दक्षिण एसियामा कोभिड–१९ प्रभाव बढ्दो

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप पछिल्ला केही हप्तामा दक्षिण एसियाली राष्ट्रहरुमा व्यापक देखिएको छ ।

संक्रमितलाई नै घर पठाईयो

स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका अन्तर्गत कोराना संक्रमितहरूलाई पनि घर पठाउन थालिएको छ । संक्रमण भएर अस्पताल बसेकाहरूलाई कोरोना जाँच नगरेरै घर पठाउन थालिएको हो । मन्त्रालयले चार दिन अघि निर्देशिका जारी गर्दै १४ दिन सम्म कोरोनाको लक्षण नदेखिएका तर आइसोलेसनमा बसेका संक्रमितहरूलाई घर पठाउन भनेको थियो ।

विदेशी नेपालीमा कोरोना संक्रमण कमी

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोरोना भाइरस संक्रमणका कारण विदेशमा रहेका नेपालीको मृत्यु र संक्रमणको दर उल्लेख्य कमी आएको जनाएको छ।

ट्राभल हिस्ट्रीबिनै कोरोना संक्रमण

ट्राभल हिस्ट्री नै नभएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि भित्रभित्रै संक्रमण फैलिएको त छैन भन्ने आशंकाले पोखरेली तर्सिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्