११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

धनकुटाकामा कोरोना संक्रमण कसरी भयो, अझै पत्तै लागेन

जिल्ला अस्पताल धनकुटामा कार्यरत स्वस्थ्यकर्मी सहित ७ जनाले कोरानालाई जितेर घर फर्किसकेका छन् । तर उनीहरुलाई कसरी कोराना संक्रमण भयो भनेर अझै पत्ता लाग्न सकेको छैन । जेठ ४ गते एकजना स्टाफ नर्समा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनीसँग सम्पर्कमा रहेका अन्यको परीक्षण गर्दा जेठ ६ गते थप ६ जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरुसहित उनका परिवारका अन्य सदस्य र सम्पर्कमा रहेका ब्यक्तिहरुलाई करीब दुइसय जनाको स्वाब टेष्ट गरियो तर सबैजनाको नेगेटिभ आयो ।

अहिले पनि कसरी, कहाँबाट, कसरी कोरोना सर्यो भन्ने विषयमा अझै अनुसन्धान जारी रहेको कोभिड–१९ जिल्लास्तरीय समन्वय समितिका प्रवक्ता जयराम श्रेष्ठले बताए । यस अघि कोरोना सुरक्षा कर्मीबाट सरेको आशंक गरिएपनि अनुसन्धानमा त्यो सावित नभएको उनले बताए । कन्ट्रयाक ट्रेसिङ मार्फत कोरोना संक्रमणको जरा पत्ता लगाउने प्रयास भईरहेको छ । तर उनीहरु विरामीको उपचार बाहेकका ठाउँमा गएको र बाहिर जिल्लाबाट आएको ब्यक्तिसँग सम्पर्कमा रहेको कुनै रेकर्ड छैन्। स्वास्थ्यकर्मी अस्पतालमै थिए । 

सुरक्षाकर्मी जिल्लाभित्रै थिए । त्यसैले कोराना कस्ले लिएर आयो भनेर अझै एकिन नभएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । अहिलेसम्म धनकुटामा आरडिटि सातसय २२ र पिसिआर परिक्षण पाँचसय ४८ जनाको गरिएको छ । बहिरी जिल्लाबाट आएका ११ जना होम क्वारेन्टिनमा र भारतबाट आएका ७९ जना सरकारी क्वारेन्टिनमा बसिरहेका छन् ।

प्रकाशित: २५ जेष्ठ २०७७ १६:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App