१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण एसियामा कोभिड–१९ प्रभाव बढ्दो

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप पछिल्ला केही हप्तामा दक्षिण एसियाली राष्ट्रहरुमा व्यापक देखिएको छ ।           

दक्षिण एसियाली मुलुकहरूमध्ये भारत सबैभन्दा बढी प्रभावित देशका रूपमा देखिएको छ । हालसम्म भारतमा कोरोना सक्रमितको सङ्ख्या दुई लाख ५३ हजार ३२९ भन्दा बढी छ भने पाँच हजार ९ सय ८८ जनाको कोरोना सङ्क्रमणपछि मृत्यु भइसकेको छ ।           

सबैभन्दा कम प्रभावित दक्षिण एसियाली मुलुक भुटान रहेको छ । भुटानमा आइतबारसम्म ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यहाँ हालसम्म कोरोनाका कारण कसैको निधन भएको छैन ।           

दक्षिण एसिमा दोस्रो बढी प्रभावित मुलुक पाकिस्तानमा कोरोना संक्रमितको सङ्ख्या ९८ हजार ९४३ पुगेको छ भने २ हजार २ जनाले ज्यान गुमाएका छन् । बंगलादेशको अवस्था पनि डरलाग्दो छ ।           

त्यस्तै, बंगालदेशमा ६५ हजार ७६९ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ८८८ जनाको मृत्यु भएको छ । यसैगरी, अफगानिस्तानमा कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार ३४२ पुगेको छ भने ३५७ जनाले ज्यान गुमाएका छन् । दक्षिण एसियामा अफगानिस्तानपछि कोरोनाबाट बढी प्रभावित मुलुकको सूचीमा नेपाल रहेको छ ।

हालसम्म नेपालमा तीन हजार ४४८ जनामा कोरोना पुष्टि भएको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । यस्तै, माल्दिभ्समा अहिलेसम्म एक हजार ९०१ जनामा कोरोना देखिँदा ८ जनाको मृत्यु भएको छ । श्रीलंकामा एक हजार ८१९ संक्रमितमध्ये ११ जनाको मृत्यु भएको छ ।      

प्रकाशित: २५ जेष्ठ २०७७ १६:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App