११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

विदेशी नेपालीमा कोरोना संक्रमण कमी

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोरोना भाइरस सङ्क्रमणका कारण विदेशमा रहेका नेपालीको मृत्यु र सङ्क्रमणको दर उल्लेख्य कमी आएको जनाएको छ। शनिबार साँझसम्म  विदेशमा १२५ जनाको सो सङ्क्रमणबाट  मृत्यु भएको र  पाँच हजार ५९० जना सङ्क्रमण मुक्त भएका छन्। सङ्क्रमण दर गतसाताभन्दा ७५ प्रतिशतले कमी आएको जनाइएको छ।

एनआरएनएका संयोजक डा सञ्जीव सापकोटाका अनुसार  गत हप्ता कतारमा चारजना, कुबेत र युकेमा एक/एक गरी ६ जनाले ज्यान गुमाएका थिए। विश्वका ३४ देशमा रहेका नेपालहरु कोरोना भाइरसबाट प्रभावित भएका सो सस्थाले जनाएको छ।  सो भाइरसका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई साउदी अरब, बहराइन, कुबेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्विडेनमा रहेका नेपालीको मृत्यु भएको छ।

संयोजक सापकोटाका अनुसार विदेशमा  १४ हजार ४५४ जना नेपाली कोरोनाबाट सङ्क्रमित भएका छन्। सरकारले मित्रराष्ट्र भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने कार्यको शुरुआतको सो सस्थाले स्वागत गरेको छ।  एनआरएनएका अध्यक्ष कुमार पन्तले सरकारको कदम स्वागत योग्य भएको बताए। सरकारले लकडाउन भएको ७४ दिनपछि सरकारले पहिलोपटक बर्मा २६ र युएईबाट १६८ जना नेपाली फर्काएको छ।  विदेशबाट नेपाल फर्किन लागेका  अन्य नेपालीको फिर्ता प्रक्रियालार्ई व्यावहारिक बनाउन उसले आग्रह समेत गरेको छ।

उनले नेपालीको फिर्तीका लागि भोगेका समस्याका बारेमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कोभिड–१९ उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोख्रेलसँग छलफल गर्ने जानकारी दिए।

प्रकाशित: २५ जेष्ठ २०७७ १२:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App