११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पर्सामा काँग्रेसका ४ एमालेका २ र जसपाका १ वडा अध्यक्ष निर्वाचित

स्थानीय तह निर्वाचनको पर्सामा जारी मतगणनामा आइतबार बिहान ७ बजेसम्म सार्वजनिक भएको ७ वटा वडाको नतीजा अनुसार यहाँ नेपाली काँग्रेसका ४, नेकपा एमालेका ३ र जनता समाजवादी पार्टी, नेपालका एक वडा अध्यक्ष विजयी भएका छन्।

पूर्वी रुकुममा माओवादी अग्रता

अहिले सम्मको मत परिणाम अनुसार पूर्वी रुकुममा मओवादी निकै कलियो देखिएको छ। सबै तहहरुमा उसकै अग्रता छ।

स्थानीय तह मत गणना: गठबन्धनलाई प्रारम्भिक अग्रता

स्थानीय तहको निर्वाचनको प्रारम्भिक मतगणनाअनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनका उम्मेदवारहरूले अधिकांश स्थानमा अग्रता लिएका छन्।

‘राजनीतिक दलप्रतिको अविश्वासले मत कम खस्यो’

काठमाडौंका मतदाताका सन्दर्भमा पहिले पनि यस्ता उदाहरण छन्। काठमाडौंका प्रभावशाली व्यक्ति गृहमन्त्री भएको बेला नानीमैया दाहाललाई प्रमुखमा भोट दिएर जिताएको उदाहरण दिँदै मल्लले मतदाताको आक्रोशकै कारण मत नखसेको बताए।

सिन्धुपाल्चोकमा एमालेले खोल्यो खाताः वडाध्यक्षका कान्छा उम्मेदवार पराजित

यस वडाका वडाध्यक्षमा प्यानलसहित टेकबहादुर तामाङ निर्वाचित भएका छन्। निवर्तमान वडाध्यक्षसमेत रहेका उनले कांग्रेस उम्मेदवार दीपक कटुवाललाई हराए।

रौतहटमा रद्द गरिएका २४ मतदान केन्द्रकाे पुनः निर्वाचन जेठ ३ गते

विवादका कारण रौतहटको विभिन्न पालिकामा शुक्रबार रद्द हुन पुगेको निर्वाचन जेठ ३ गते मंगलबार हुने भएको जानकारी प्राप्त भएको छ।

नेपालगन्ज उपमहानगरपालिकामा कांग्रेसको सुरुवाती अग्रता

स्थानीय तह निर्वाचनको मत गणनामा नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ।

धरानमा मतगणना हुँदै

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना धरानमा पनि भइरहेको छ। बिहान करिब १० बजेर ४० मिनेटमा मतगणना सुरु भएको हो।

चितवन निर्वाचन अपडेट

माडी नगरपालिका वडा नम्बर १ अपडेट ६०० मतमा मेयरमा ऋषि काफ्ले: हसिया हथौडा -२४१, ताराकाजी महतो: सूर्य-२७१ रहेका छन्।

कपिलवस्तुमा ७५ दशमलव २५ प्रतिशत मतदान

शुक्रबार कपिलवस्तुको १० मध्ये नौ पालिकामा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा कपिलवस्तुमा ७५ दशमलव २५ प्रतिशत मत खसेको छ।

काभ्रेमा केही पालिकामा मतगणना सुरु

शुक्रबार मतदान सम्पन्न भएका केही पालिकामा मतगणना सुरु भएको छ। अहिलेसम्ममा काभ्रेका बनेपा, मण्डनदेउपुर र धुलिखेल नगरपालिकासहित भुम्लु गाउँपालिकामा मतगणना सुरु गरिएको छ।

ताप्लेजुङमा मतगणना सुरु

स्थानीय तहको निर्वाचन अन्तर्गत ताप्लेजुङका दुई पालिकामा सुरु भएको मतगणनाको प्रारम्भिक नतीजामा गठबन्धन र एमालेले १–१ स्थानमा सुरुआती अग्रता लिएका छन्।

रसुवामा मतगणना सुरू

गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत वडा नं ४ लाङ्टाङ केन्द्रको मतपेटिका आउन बाँकी रहेकाले एक गाउँपालिकाको गणना आज साँझदेखि मात्र सुरू हुने बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्