२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

रसुवामा मतगणना सुरू

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना गएरातिदेखि सुरू भएको छ। जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार आमाछोदिङ्मो, उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकामा मतगणना  सुरू भएको हो। 

गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत वडा नं ४ लाङ्टाङ केन्द्रको मतपेटिका आउन बाँकी रहेकाले एक गाउँपालिकाको गणना आज साँझदेखि मात्र सुरू हुने बताइएको छ।

पाँच गाउँपालिकाको कूल ३८ हजार ५४५ मतदातामध्ये ५१ मतदान केन्द्रबाट करिब ७५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए।

भौगोलिक विकटताका कारण पैदलमार्गबाट लाङ्टाङको मतपेटिका आज बिहानै धुञ्चे सदरमुकाम प्रस्थान गराई सकिएको जनाइएको छ। अहिलेसम्म करिब एक हजारभन्दा बढी मतगणना भइसकेको छ। रासस

प्रकाशित: ३१ वैशाख २०७९ ०२:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App