coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपालगन्ज उपमहानगरपालिकामा कांग्रेसको सुरुवाती अग्रता

स्थानीय तह निर्वाचनको मत गणनामा नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३ मा १ सय ९८ मतगणना हुँदा नेपाली कांग्रेसका प्रशान्त विष्टले अग्रता लिएका हुन्। उनले ७९ मत ल्याएर अग्रता लिएका छन्। यस्तै नेकपा एमालेका पशुपति दयाल मिश्रले २६ र राप्रपाका नन्दलाल बैश्यले ५ मत प्राप्त गरेका छन्।

यस्तै नगर उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्धिन राईले ६८, नेकपा एमालेका शान्ति ढकालले २६ र राप्रपाकी बिन्दु चर्तीमगरले ७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए। नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १ र २२ को पनि मतगणना सुरु भएको छ।

प्रकाशित: ३१ वैशाख २०७९ ०९:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App