८ वैशाख २०८१ शनिबार
राजनीति

पर्सामा काँग्रेसका ४ एमालेका २ र जसपाका १ वडा अध्यक्ष निर्वाचित

स्थानीय तह निर्वाचनको पर्सामा जारी मतगणनामा आइतबार बिहान ७ बजेसम्म सार्वजनिक भएको ७ वटा वडाको नतीजा  अनुसार यहाँ नेपाली काँग्रेसका ४, नेकपा एमालेका ३ र जनता समाजवादी पार्टी, नेपालका एक वडा अध्यक्ष विजयी भएका छन्।

पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा काँग्रेसका प्रमोद यादव ५७० मतले विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मनोज यादवले ५ सय ४७ मत ल्याएका छन्।

त्यस्तै पर्साको ठोरी गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार धनमान थापा ६ सय ५१ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार नवराज फुयाँलले ६ सय ३० मत ल्याएका छन्।

यता पर्साको विन्दवासनी गाउँपालिका वाड नम्बर १ को अध्यक्षमा जनता समाजवादी पार्टीका अछेलाल महतो ३७९ निर्वाचित भएका छन्। महतोका निकटतम प्रतिद्वन्द्वी एमालेका सगिर मिया २ सय ७१ मत ल्याएका छन्।

यसअघि शनिबार पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली काँग्रेसका कामेश्वरप्रसाद यादव ७२९ मत प्राप्त गरी विजयी भए। उनका निकटम प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपालका रामपुकार यादवले ६ सय ४२ मत ल्याएका छन्।

त्यस्तै धोविनी गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा काँग्रेसकै उम्मेदवार बन्धु साह तेली ५ सय ७४ मत पाएर निर्वाचित भएका छन। उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका ललन राउत कुर्मीले ४ सय ७७ मत ल्याएका छन्।

त्यस्तै पोखरिया नगरपालिका १ मा नेकपा एमालेका प्रमोद गिरी चार सय ४७ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राजु गिरीले २ सय ६७ मत ल्याएका छन्।

पोखरिया वडा नम्बर १० मा काँग्रेसका सोनालाल साहले ४ सय ४७ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी बुनिनारायण राउत कुर्मीले ३ सय ८७ मत ल्याएका छन्। पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ को खसेकोभन्दा एउटा मतपत्र बढी निस्किएपछि त्यहाँको मतगणना भने शनिबार साँझदेखि रोकिएको छ। त्यहाँ वडा अध्यक्षमा नेकपा एमालेका फरमान मियाको मत सबभन्दा बढी छ।

प्रकाशित: १ जेष्ठ २०७९ ०४:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App