१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

काभ्रेमा केही पालिकामा मतगणना सुरु

शुक्रबार मतदान सम्पन्न भएका केही पालिकामा मतगणना सुरु भएको छ। अहिलेसम्ममा काभ्रेका बनेपा, मण्डनदेउपुर र धुलिखेल नगरपालिकासहित भुम्लु गाउँपालिकामा मतगणना सुरु गरिएको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिकामा कुल मतदातामध्ये ६५ प्रतिशतले मत खसेको छ भने महाभारत गाउँपालिकामा ७५ प्रतिशत मत खसेको छ।

त्यस्तै कोसीपारिस्थित चौंरी देउराली गाउँपालिकामा ६० दशमलव ०८ प्रतिशत र भुम्लु गाउँपालिकामा ७० दशमलव २९ प्रतिशत मत खसेको छ।

त्यस्तै तेमाल गाउँपालिकामा ६८ दशमलव ७२ प्रतिशत, रोशी गाउँपालिकामा ७१ दशमलव ५२ प्रतिशत र बेथानचोक गाउँपालिकामा ६८ दशमलव ५९ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी उमेश राईले बताए।

त्यसैगरी  बनेपामा ७७ दशमलव ८५ प्रतिशत, मण्डनदेउपुर ७५ दशमलव ७५ प्रतिशत, धुलिखेलमा ७७ दशमलव ७९ प्रतिशत, नमोबुद्धमा ७५ दशमलव ०८ प्रतिशत, पनौतीमा ७२ प्रतिशत र पाँचखाल नगरपालिकामा ७४ दशमलव ८८ प्रतिशत मत खसेको जनाएको छ।

प्रकाशित: ३१ वैशाख २०७९ ०३:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App