११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

चितवनमा ७२ प्रतिशत मत खस्योः अधिकांश पालिकामा मतगणना सुरु

जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार सबैभन्दा धेरै मतदान कालिका नगरपालिका र सबैभन्दा कम भरतपुर महानगरमा भएको देखिन्छ। कालिकामा ७८ प्रतिशत मत खसेको छ। ११ वटा वडा रहेको कालिकामा २४ हजार ३ सय ४७ जनाले मतदान गरेका छन्। यहाँ ३१ हजार १ सय ४७ मतदाता थिए।

सुनसरीमा ६५ प्रतिशतभन्दा बढी मत खसेको अनुमान

शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनमा सुनसरीमा ६५ प्रतिशतभन्दा बढी मत खसेको अनुमान गरिएको छ।

नार्पाभूमिमा कांग्रेसका लामा र चामेमा एमालेका घले विजयी

सडक सञ्जालमा नजोडिएको ती दुई गाउँपालिकाको गएराति १ बजे मतगणना सकिएको हो। नार्पाभूमिको अध्यक्षमा नेपाली कांग्रेसका कोञ्जो तेञ्जिङ लामा निर्वाचत भएका छन्।

मुलुकभर महोत्सवमय मतदान

संविधान सभाबाट नयाँ संविधान जारी भएपछि दोस्रोपटक शुक्रबार भएको स्थानीय तह निर्वाचन छिटफुट घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।

म्याग्दीमा ६६ प्रतिशत मत खस्यो

म्याग्दीमा स्थानीय तहको निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ। शुक्रबार बिहान निर्धारित समयमा सुरू भएको मतदानमा स्वच्छ र शान्तिपूर्ण रहेकोमा जिल्लाभरबाट प्राप्त जानकारीमा करिब ६६ प्रतिशत मत खसेको छ।

कास्कीमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

कास्कीमा करिब ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। कास्कीको पाँचवटै पालिकाको एभरेज मत प्रतिशत करिब ६५ प्रतिशत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए।

दाङमा झरीका कारण मतदान प्रभावित

दाङका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार हावा हुरी सहितको झरी पर्दा विभिन्न पालिकाका मतदान केन्द्रहरुमा भागाभाग चलेको थियो।

उदयपुरमा केहीबेर चुनाव स्थगित भइ पुन: सुचारु

वर्षाका कारण उदयपुरमा केहीबेर चुनाव रोकिएर पुन: सुचारु भलको छ। दिउँसो ३ः३० वजे एक्कासी पानी परेपछि केहीबेर मतदान कार्य रोकेर सुचारु गर्नु परेको हो।

प्रदेशसभा सदस्यले मतदान गर्न पाइनन्

स्थानीय तहका लागि मोरङमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। बिहान पानी परेका कारण केही स्थानमा ढिला गरी मतदान सुरु भएको थियो।

रोल्पामा ३० प्रतिशत मतदान

रोल्पामा मध्यान्ह १२ बजेसम्म ३० प्रतिशत मतदान भएको छ। अहिले ८१ मतदान स्थलका १ सय ७३ मतदान केन्द्रमा मतदाताहरुले घोट खसालि रहेका छन्।

मध्यान्ह १२ बजेसम्म देशभर ३५ प्रतिशत मत खस्यो

आयोगका अनुसार १२ बजेसम्म देशभर करिब ३५ प्रतिशतमाथि मतदान भएको रेकर्ड आएको छ। मुलुकका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको आयोगले जनाएको छ।

भक्तपुरबाट गरे मुख्य निर्वाचन अधिकृत थपलियाले मतदान

उनले भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं १ बाट शुक्रबार विहानै पुगेर मतदान गरेका हुन्। मतदानपछि सञ्चारकर्मीहरुसँंग कुरा गर्दै उनले मतदान स्वच्छ र भयरहित हुनेमा विश्वस्त तुल्याए।

सभामुख सापकोटाले खसाले पहिलो भोट

सभामुख सापकोटाले उक्त केन्द्रबाट पहिलो मत खसालेका उनका प्रेसबिज्ञ श्रीधर न्यौपानेले बताए। ‘गाउँ सरकार चुन्ने चुनावमा उहाँ (सापकोटा) ले उत्साहका साथ मतदान गर्नु भयो,’ उनले भने।

स्थानीयतह निर्वाचन २०७९ः देशभर मतदान सुरु

मतदान साँझ ५ बजेसम्म जारी हुनेछ। संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह निर्वाचन हुन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्