८ वैशाख २०८१ शनिबार
राजनीति

धरानमा मतगणना हुँदै

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना धरानमा पनि भइरहेको छ। बिहान करिब १० बजेर ४० मिनेटमा मतगणना सुरु भएको हो।

बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने निर्णय भएपनि राजनीतिक दलका प्रतिनिधिहरु ढिलो गरी आएको कारण मतगणना कार्य पनि ढिलाइ भएको निर्वाचन अधिकृत पुष्करराज नेपालले जानकारी दिए।

उनका अनुसार धरानको वडा नं १, २ र ३ को मतपेटिका खोलेर मतगणना भइरहेको छ। गणना कार्य २ मत सकिएपछि परिणाम सार्वजनिक गर्ने सहमति भएको पनि नेपालले बताए। मतगणनास्थल धरान १२ स्थित पब्लिक माविको प्राविधिक भवनमा तार जालीको सुरक्षा घेरा बनाएर गणना कार्य भइरहेको छ।

यस्तै, गणनास्थलमा सिसी क्यामेरा पनि जडान गरिएको अधिकृत नेपालले जानकारी दिए। धरानमा कुल १ लाख ३२४ मतदाता छन्। शुक्रबार भएको मतदानमा ६२ हजार ८९७ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित: ३१ वैशाख २०७९ ०६:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App