७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

आजबाट सकियो २०७४ का जनप्रतिनिधिको कार्यकाल

आजबाट२०७४ सालमा ७५३ वटा पालिकामा चुनिएका जनप्रतिनिधिको कार्यकाल सकिएको छ। २०७४ सालमा सरकारले तीन चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गरेको थियो।

'जग्गाधनी पुर्जाको आशमा मतदान'

सुकमायाँ दर्जि २०२७ सालदेखि भरतपुर महानगरपालिका १४ स्थित शान्तिपुरमा आएकी छिन्। त्यस यत्ताका उनी प्रत्येक निर्वाचनमा सोही ठाउँबाट सहभागी हुन्छिन्।

सिन्धुपाल्चोकमा ५ सय ६६ जनप्रतिनिधि

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबाट सिन्धुपाल्चोकमा ५ सय ६६ सदस्यीय जनप्रतिनिधि निर्वाचित हुँदै छन्। उनीहरुले अधिकार सम्पन्न स्थानीय सरकार चलाउने छन्।

हत्या आरोपमा बहालवाला वडाध्यक्ष र वडाध्यक्षका उम्मेदवार पक्राउ

महिलाको हत्या आरोपमा जनप्रतिनिधि र उम्मेदवार पक्राउ परेका छन्। रुकुम पूर्वमा नेकपा माओवादी केन्द्रका नेता-कार्यकर्ता पक्राउ परेका हुन्।

‘चुनाव जितेपछि कसैले पनि गद्धारी नगरोस्’

राप्ती सोनारी गाउँपालिकालाई राप्ती नदीले बीचबाट अलग गरिदिएको छ। स्थानीयका अनुसार राप्तीपारि माओवादीको बलियो पकड मानिन्छ भने राप्तीवारि क्षेत्रमा कांग्रेसको जनाधार बलियो छ।

एउटै समितिका तीन जना अध्यक्षका प्रतिस्पर्धी: गोरखाका २ वडा जनप्रतिनिधिविहीन

एउटै समितिमा रहेर पाँच वर्ष काम गरेका अध्यक्ष–सदस्य बिच रोचक प्रतिस्पर्धा हुने देखिएको छ।

वीरेन्द्रनगरमा उम्मेदवारलाई मतदाताको प्रश्नः घण्टाघरको सुई कहिले घुम्छ?

प्रमुख राजनीतिक दलहरूले आफ्ना प्रतिबद्धतामा ठूल्ठूला आश्वासन देखाए पनि मतदाता भने जिल्लाको पहिचान बनेको पर्यटकीयस्थलमा घण्टाघरमा कम्तीमा घडी चलाउनुपर्ने माग गरिरहेका छन्। वीरेन्द्रनगरमा घरदैलो गरिरहेका दलहरू विशेषगरी नेपाली कांगे्रस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारलाई यही प्रश्न मतदाताले दोहोर्‍याउने गरेका छन्।

अधिकार प्रत्यायोजन नहुँदा वडाका काम ठप्प

कर्मचारीलाई अधिकार प्रत्यायोजन नगरी स्थानीय तहका जनप्रतिनिधिले राजीनामा दिँदा वडा तहका विभिन्न काम ठप्प भएका छन्।

स्थानीय तथा सुशासन मूल्यांकन: पहिलो स्थानमा नीलकण्ठ अन्तिममा मकालु

मन्त्रालयका अनुसार प्रदेश १ का १३७ स्थानीय तहमध्ये १३१ स्थानीय तह मूल्यांकन प्रक्रियामा सहभागी भए। बाँकी स्थानीय तहले मूल्यांकनका लागि सफ्टवयर फाराम भरेनन्। मधेस प्रदेशका १३६ मध्ये ११२, वाग्मतीका ११९ मध्ये ११४, गण्डकीका ८५ मध्ये ८४, लुम्बिनीका १०९ मध्ये १०७ तथा कर्णाली प्रदेशका ८९ स्थानीय तहमध्ये ६२ स्थानीय तह मूल्यांकन प्रक्रियामा सहभागी भएका छन्।

महिला जनप्रतिनिधि भन्छन्: प्रमुख पदमा नेतृत्व गर्न सक्षम छौँ

तनहुँका महिला जनप्रतिनिधिले प्रमुख पदमा नेतृत्व ग्रहण गर्न आफूहरु सक्षम रहेको बताएका छन्।

सडकबत्ती मर्मत नहुँदा अँध्यारिँदो नगर

नेपालगन्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा सोलार मर्मत गर्ने भन्दै १५ लाख रूपैयाँ विनियोजन गरेको छ।

मतदानका लागि आतुर बन्दै स्थानीयतहका मतदाता

स्थानीयतहको निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाताहरुमा विस्तारै कसलाई मतदान गर्ने भन्ने छलफल हुन थालेको छ।

स्थानीय तह निर्वाचन: ताप्लेजुङबाट चुनिनेछन् तीन सय ४२ जना जनप्रतिनिधि

जिल्लाभरमै कार्यपालिका सदस्यको संख्या १ सय ३५ छ। सबैभन्दा बढी जनप्रतिनिधि फुङ्लिङ नगरपालिकामा चुनिने छन्।

कोरियासँग सम्झौता गरी भरतपुरको फोहोर व्यवस्थापनको काम अघि बढ्छ: रेणु दाहाल

दुई देशबीच सम्झौता गरी एक अर्ब २५ करोड (११.१४ मिलियन अमेरिकी डलर) को लागतमा ल्याण्डफिल्डसाइड निर्माण गर्न लागिएको हो।

न्यानोका लागि बालिएको कोइलाले ज्यान लियो

कोरोनाको खोपका कारण ज्वरो आइराखेले शुक्रबार राति तीन छोरासँगै खाटमुनि कोइला बालेर सुतिन्। न्यानोका लागि बालिएको त्यही कोइलाले तीन छोरासहित कल्पाको ज्यान लियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्