२५ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

स्थानीय तह निर्वाचन: ताप्लेजुङबाट चुनिनेछन् तीन सय ४२ जना जनप्रतिनिधि

एक नगरपालिका र आठवटा गाउँपालिका रहेको ताप्लेजुङबाट आउँदो स्थानीय तहको निर्वाचन मार्फत् तीन सय ४२ जना नयाँ जनप्रतिनिधि चुनिने छन्। जिल्लाभरमै कार्यपालिका सदस्यको संख्या १ सय ३५ छ। सबैभन्दा बढी जनप्रतिनिधि फुङ्लिङ नगरपालिकामा चुनिने छन्।

११ वटा वडा रहेको फुनपामा ६० सदस्यीय नगरसभा र २१ सदस्यीय कार्यपालिका रहेको छ। त्यसपछि ८ वटा वडा रहेको सिरिजङ्गामा ४४ जना गाउँसभा सदस्य छन् भने १६ सदस्यीय कार्यपालिका रहेको छ। ७–७ वडा वडा रहेको फक्ताङ्लुङ र सिदिङ्वा गाउँपालिकामा समान ३९–३९ सदस्यीय गाउँसभा र १५–१५ सदस्यीय कार्यपालिका रहेको छ।

यस्तै ६–६ वडा रहेको पाथीभरा याङ्वरक,मेरिङ्देन र मैवाखोला गाउँपालिका गाउँपालिकामा समान ३४–३४ जना गाउँसभा र १४–१४ सदस्यीय कार्यपालिका रहेको छ। ५–५ वटा वडा रहेको आठराइ त्रिबेणी र मिक्वाखोला गाउँपालिकामा पनि समान २९–२९ सदस्यीय गाउँसभा र १३–१३ सदस्यीय कार्यपालिका रहेको छ।  

२०७४ सालको स्थानीय तहको निर्वाचनलाइ फर्केर हेर्दा  

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा ७३ वटा मतदान स्थल र १ सय ५ वटा मतदान केन्द्र रहेका थिए। जस अनसार फुङलिङ नगरपालिकामा ११ वटा मतदान स्थल र १७ वटा मतदान केन्द्र थिए।

सिरिजङ्गा गाउँपालिकामा ११ वटा मतदान स्थल र १५ वटा मतदान केन्द्र, सिदिङ्वा गाउँपालिकामा ९ वटा मतदान स्थल र १३ वटा मतदान केन्द्र तथा फक्ताङ्लुङ गाउँपालिकामा १२ वटा मतदान स्थल र १५ वटा मतदना केन्द्र रहेका थिए।

यस्तै आठराइ त्रिबेणीमा ५ वटा मतदान स्थल र १० वटा मतदान केन्द्र,मिक्वाखोलामा ६ वटा मतदान स्थल र ७ वटा मतदान केन्द्र, मैवाखोला र पाथीभरा याङ्वरक गाउँपालिकामा समान ६–६ वटा मतदान स्थल र ९–९ वटा मतदान केन्द्र र मेरिङ्देनमा ७ वटा मतदान स्थल र १० वटा मतदान केन्द्र रहेका थिए।  

 

करिव एक हजार नौं सय सुरक्षाकर्मी परिचालित  

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा सबै सुरक्षा जनशक्ति गरी एक हजार ८ सय ७२ जनाको जनशक्ति परिचालन भएको थियो। जिल्ला निर्वाचन कार्यालयका अनुसार सबैभन्दा बढी नेपाल प्रहरी र त्यसपछि म्यादी प्रहरी परिचालित भएका थिए। सो बेला १ हजार ७ सय १० जना पुरुष र १ सय ६२ जना महिला सुरक्षाकर्मी परिचालित भएको निर्वाचन कार्यालयले जनाएको छ।

नेपाल प्रहरीका ५ सय ५४ पुरुष र ४४ महिला,म्यादी प्रहरीका ४ सय १४ पुरुष र ९६ महिला,सशस्त्र प्रहरीका ३ सय ४१ पुरुष र २२ महिला सुरक्षाकर्मी परिचालित थिए। यस्तै नेपाली सेनाका ३ सय ९० र राष्ट्रिय अनुसन्धानका ११ पुरुष जनशक्ति परिचालित गरिएको जानकारी जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ। 

प्रकाशित: २ फाल्गुन २०७८ १०:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App