२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

जयपृथ्वी राजमार्ग खुल्यो

फाइल तस्बिर

पहिरोले अवरुद्ध खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । बैतडीको पाटन नगरपालिका–८ स्थित विजयपुर नजिकै ठूलो पहिरो गएपछि आइतबारदेखि सडक अवरुद्ध भएको थियो ।

सोमबार बिहानदेखि सडक डिभिजन कार्यालयबाट मगाइएका लोडरसहितका मेसिन प्रयोग गरी अपराह्नपछि राजमार्ग सञ्चालन भएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए। आइबार राति दुईपटक पहिरो गएको थियो । पहिलोपटक गएको पहिरो हटाएर साँझतिर सडक सञ्चालन गरिएकामा फेरि पहिरोबाट सडक अवरुद्ध भएको थियो ।

प्रकाशित: २४ असार २०८१ २१:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App