४ मंसिर २०८३ शुक्रबार
image/svg+xml
फोटो फिचर

विराटनगर क्रिकेट रंगशालाको दुर्दशा (फोटो फिचर)

विराटनगर–१९ स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालको दुर्दशा भएको छ। संघीय सरकार मातहतको यो रंगशालालाई वर्षौँसम्म तालाबन्दी गरेर राखिएको र नियमित मर्मत सम्भार नगरिएका कारण दुरावस्था भएको हो।

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको यो रंगशालाको मर्मत सम्भार र सरसफाइसमेत नगरेपछि विगत ४ वर्ष यहाँ कुनै पनि प्रतियोगिता सञ्चालन हुन सकेको छैन।

क्रिकेट रंगशालामात्रै नभई रंगशाला परिसरमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माण गरिएका अन्य संरचनासमेत माटोमै मिलिसकेका छन्।

सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको भए पनि यो रंगशाला निर्माण र मर्मत सम्भारमा सरकारले कुनै चासो राखेको छैन। सरकारको बेवास्ताको सिकार बनेको यो रंगशाला यति वेला झाडीमा परिणत भएको छ।

१४ बिघा भन्दा बढी क्षेत्रफल रहेको यो रंगशाला निर्माणका लागि चालु आर्थिक वर्ष पनि संघीय सरकारले बजेट विनियोजन गरेको छ। तर, उक्त बजेट पूर्वाधार निर्माणका लागि नभई डिपीआर निर्माणका लागि विनियोजन गरिएको हो।

पटक–पटक डिपीआर बनाउने तर, भौतिक पूर्वाधार निर्माणमा ध्यान नदिने संघीय सरकारको नीतिले राष्ट्रिय गौरवको यो आयोजना मन्त्री, नेता र कर्मचारीहरूको कमाइखाने भाँडो मात्रै बनेको छ।

प्रकाशित: ४ मंसिर २०८३ १८:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App