२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बुटवलमा गठबन्धनद्वारा संकल्प पत्र सार्वजनिक

पाँचदलीय गठबन्धनले बुटवल उपमहानगरपालिकाको विकासमा एकजुट हुने प्रतिबद्धता जनाउँदै चुनावी संकल्प पत्र सार्वजनिक गरेको छ।

बुटवलमा पनि रिलायन्सको शाखा

राष्ट्र बैकबाट “ग” वर्गको वित्तीय कारोबार गर्ने इजाजत पाएको यो फाइनान्सले मुलुकभरमा दर्जनौं शाखा सञ्चालनमा ल्याएको छ। काठमाडौंको प्रदर्शनीमार्गमा मुख्य शाखा कार्यालय रहेको यो फाइनान्सको उपत्यका भित्र न्युरोड, सितापाइला र इमाडोलमा शाखा छन्।

घोराही उपमहानगरको रंगशाला: ऐन कुल्चँदै जग्गा खरिद

यो उपमहानगरले यो जग्गा प्राप्तिका लागि ऐनले उल्लेख गरे बमोजिमको समिति बनाएन। यो जग्गा प्राप्तिका बेला घोराही १६ का कार्यवाहक अध्यक्ष बनेका जगत श्रेष्ठका अनुसार यो समितिमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासनका प्रतिनिधि वा भूमि प्रशासक कोही पनि थिएनन्।

कांग्रेस नेता भण्डारी उपमेयरमा स्वतन्त्र उम्मेदवार

सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा उपमेयर पदमा नेपाली कांग्रेसका नेता प्रभाकर स्वतन्त्र रूपमा चुनावी मैदानमा छन्।

उम्मेदवारी रद्द

आसन्न स्थानीय तहको निर्वाचनका लागि धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएका नेपाल परिवार दलका विष्णुकुमारी विकको उम्मेदवारी रद्द भएको छ।

कतै तालमेल, कतै बेमेल

सत्ता साझेदार दलले केन्द्रमा चुनावी गठबन्धन गर्ने निर्णय गरे पनि स्थानीय तहमा त्यो कार्यान्वयन हुन सकेको छैन। दलहरुले आआफ्नो भागमा अडान राख्दा सत्ता साझेदार दलहरुबीचमै चुनावी प्रतिस्पर्धा हुन थालेको छ।

गठबन्धनबाट मेयरमा वड र उपमेयरमा अधिकारीको उम्मेदवारी

सुदूरपश्चिम प्रदेशको एक मात्रै उपमहानगरपालिका रहेको धनगढीमा गठबन्धनकातर्फबाट मेयर पदमा नृपबहादुर वड र उपमेयर पदमा शान्ति अधिकारीले उम्मेदवारी दिएका छन्।

'उम्मेदवारका व्यक्तिले चोरे क्षेत्रीय सभापतिबाट वडाध्यक्षहरुको टिकट'

कांग्रेस बारा सभापति तथा कलैया उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार राजेश राय यादवका नजिक मानिने नाजिर अन्सारीले क्षेत्रीय सभापतिबाट वडाध्यक्षहरुको टिकट चोरेर भागेको घटना सार्वजनिक भएको छ।

स्थानीय तहमा उम्मेदवारी: गठबन्धनबीच बनेन बलियो तालमेल

जिल्लाका सबै स्थानीय तहहरुमा सत्तारुढ गठबन्धनले चुनावी तालमेल गरेर जाने निर्णय गरेको भएपनि गठबन्धनको तालमेल फितलो देखिएको छ। सोमबार उम्मेदवारी दर्ताका क्रममा गठबन्धनमा आवद्ध सबै दलहरु एक भएर सामुहिक रुपमा उम्मेदवारी दिन सकेनन्।

गठबन्धनबाट बुटवलको मेयरमा कांग्रेसका पाण्डेले गराए उम्मेदवारी दर्ता

पाँच दलिय गठबन्धनबाट बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डेले उम्मेदवारी दर्ता गराएका छन्।

धनगढी उपमहानगरको मेयरमा एमालेका चन्दको उम्मेदवारी

सुदूरपश्चिमको एक मात्र धनगढी उपमहानगरपालिकाको मेयर पदमा एमालेका तर्फबाट युवा नेता रणबहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन्। भने एमालेका तर्फबाट उपमेयरमा कन्दकला रानाले उम्मेदवारी दर्ता गराएकी छन्।

जनकपुर उपमहानगरपालिकामा गठबन्धनको साझा उम्मेदवार लालकिशोर साह

जनकपुरधाम उपमहानगरपालिकाको निवर्तमान मेयर लालकिशोर साहले जनता समाजवादी पार्टीबाट मेयर पदको टिकट पाएका छन्।

कलैयाका १३६ जनप्रतिनिधिद्वारा राजीनामा

वैशाख ३० गते हुने लागेको स्थानीय तहको निर्वाचनमा पुनःउम्मेदवार बन्नको लागि १३६ जनाले राजीनामा दिएका हुन्।

जनकपुरमा तितरबितर बन्दै कांग्रेस

जनकपुरधाम उपमहानगरपालिकाको नेपाली कांग्रेस नगर सभापति मनोज साहले पार्टी परित्याग गरेका छन्।

नेपालगन्जमा भागबण्डा नपाउँदा माओवादी केन्द्रको असन्तुष्टी

पाँच दलीय सत्ता गठबन्धनले नेपालगन्ज उपमहानगरपालिकामा भागबण्डामा टुंगो लगाएपछि नेकपा (माओवादी केन्द्र) असन्तुष्ट बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्