१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

बुटवलमा पनि रिलायन्सको शाखा

रिलायन्स फाइनान्सले रूपन्देहीको बुटवल उपमहानगरपालिका ६ अमरपथमा शाखा खोलेको छ। यही वैशाख १५ गतेदेखि सञ्चालनमा आएको यो २१ औँ शाखा कार्यालय हो।

राष्ट्र बैकबाट “ग” वर्गको वित्तीय कारोबार गर्ने इजाजत पाएको यो फाइनान्सले मुलुकभरमा दर्जनौं शाखा सञ्चालनमा ल्याएको छ। काठमाडौंको प्रदर्शनीमार्गमा मुख्य शाखा कार्यालय रहेको यो फाइनान्सको उपत्यका भित्र न्युरोड, सितापाइला र इमाडोलमा शाखा छन्।

उपत्यका बाहिर नारायणगढ, पोखरा, वेंसीशहर, बनेपा, आरुघाट, चारआली, गोरखा बजार, मणीग्राम, धनगढीलगायतका स्थानमा शाखा छन्। संस्थाले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीलाई अन्य सबै किसिमको सेवा उपलब्ध गराउँदै आएको छ।

प्रकाशित: २१ वैशाख २०७९ ०२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App