१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

यथास्थितिमा देश अगाडि जान सक्दैनः ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा देश अगाडि जान सक्ने अवस्थामा नरहेको बताएका छन्।

आइतबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘यथास्थितिमा देश अगाडि जान सक्ने अवस्थामा छैन। कसैले जिद्दी गर्नु हुँदैन। अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो।’

उद्यमशीलता र व्यावसायिकताले कृषिको आधुनिकीकरण गर्ने र कृषिको आधुनिकीकरणले रोजगारीका अवसर सिर्जना गर्नुपर्ने उनकाे भनाइ थियाे। अध्यक्ष ओलीले पहाडमा उत्पादन हुने उत्पादनले जीविका चल्न छोडेपछि गाउँ अहिले उजाड बनेको जिकिर गरे।

नेपालको अहिलेको सबैभन्दा ठूलो चुनौती निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्यालाई खान लगाउन पाउने अवस्थामा पुर्‍याउनु रहेको सुनाए।

अध्यक्ष ओलीले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सानातिना नियुक्तिहरुमा नअल्झिन परिस्थितिलाई विचार गरेर अघि बढ्न आग्रह गरेको पनि स्मरण गरे।

प्रकाशित: १६ असार २०८१ १८:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App