२० असार २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतको एक धार्मिक कार्यक्रममा भागदौड, ५० भन्दा बढीको मृत्यु

तस्बिर: आजतक

भारतको उत्तर प्रदेशमा एक धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा ५० जना भन्दा बढीको मृत्यु भएको छ।

उत्तर प्रदेशको हाथरस जिल्लाको रतिभानपुर मुगलगढी गाउँमा मंगलबार भइरहेको सत्संगमा भागदौड मच्चिँदा ५० जना भन्दा बढीको ज्यान गएको टाइम्स अफ इन्डियाले जनाएकाे छ।

मृतकको संख्या अझै बढ्न सक्ने समाचारमा आइरहेका छन्। मृतकहरूको शव स्थानीय एउटा अस्पतालमा राखिएको सञ्चारमाध्यमले जनाएका छन्। मृतकको सनाखतको काम भने बाँकी छ।

घटनापछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घाइतेहरूको उपचारमा शीघ्रता दिन निर्देशन दिएका छन्। यस्तै घटनाको सत्यतथ्य जाँच गर्न पनि आदेश दिएका छन्।

प्रकाशित: १८ असार २०८१ १८:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App