१८ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी आक्रमणबाट डराएको छैनौँ : इरानी विदेशमन्त्री

इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकालाई कडा चेतावनी दिएका छन्।  

उनले इरान स्थल आक्रमणको लागि पूर्ण रूपमा तयार रहेको बताए। उनले भने, ‘हामी उनीहरूको आक्रमणको प्रतीक्षामा छौँ।’

अराघचीले इरान अमेरिकी स्थल आक्रमणबाट नडराएको स्पष्ट पारे। उनले जस्तो सुकै परिस्थितिको लागि पनि सामना गर्न तयार रहेको बताए।

इरान आफैँ स्थल युद्ध नचाहेको तर यदि त्यस्तो भयो भने जवाफ दिन सक्षम रहेको उनको भनाइ छ।

अमेरिकालाई चेतावनी दिँदै उनले इरानमाथिको आक्रमण भारी पर्ने बताए।

प्रकाशित: १८ चैत्र २०८२ ११:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App