ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जिप दुर्घटना हुँदा दुई जना सरकारी कर्मचारीको घटनास्थलमा मृत्यु भएको छ।
शैल्यशिखर नगरपालिका–४ ओसिल क्षेत्रमा दुर्घटना हुँदा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत इन्जिनियर मनिषा चन्द र वरिष्ठ प्रशासकीय अधिकृत भरतबहादुर तितराको घटनास्थलमा मृत्यु भएको हो।
उनीहरू कामको सिलसिलामा काडापारीबाट ओसिलतर्फ जाँदै गर्दा दुर्घटनामा परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। उनीहरूको गोकुलेश्वरस्थित गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित: १७ चैत्र २०८२ ११:३५ मंगलबार





