१७ चैत्र २०८२ मंगलबार
image/svg+xml
खेल

काजल सर्वोत्कृष्ट महिला रेफ्री

तेक्वान्दोकी अन्तर्राष्ट्रिय निर्णायक काजल श्रेष्ठ अस्ट्रेलियाको सिड्नीमा भएको ओसेनिया तेक्वान्दो च्याम्पियनसिप (जि–४) मा सर्वोत्कृष्ट महिला रेफ्री घोषित भएकी छन्। काजलले यो उपलब्धि प्राप्त गर्नु आफ्नो लागि अझ विशेष र अर्थपूर्ण रहेको बताइन्।

नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता काजलले यसअघि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि निर्णायकको भूमिका निर्वाह गरेकी थिइन्।

प्रकाशित: १७ चैत्र २०८२ ११:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App