२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

युरोकपको क्वाटरफाइनलमा पुग्न नेदरल्यान्ड्स र रोमानियाबिच खेल हुँदै

युरो कप फुटबलको क्वाटरफाइनलमा पुग्न मंगलबार राती नेदरल्यान्ड्स र रोमानियाबिच खेल हुँदैछ।यी दुई बिचको खले नेपाली समय अनुसार मंगलबार राती ९:४५ बजे देखि सुरु हुनेछ। 

समूह ‘डी’ रहेको  नेदरल्यान्ड्स समूहमा तेस्रो भएर उत्कृष्ट चार टोलीभित्रको कोटाबाट प्रिक्वाटरफाइनलमा पुगेको हो। नेदरल्यान्ड्सले एक जित, एक बराबरी र एक हारबाट चार अङ्क बटुलेको थियो।

त्यसै गरी समूह इ मा रहेको रोमानिया एक जित, एक बराबरी र एक हारबाट चार अङ्क बटुलेर समूह विजेता हुँदै प्रिक्वाटरफाइनलमा पुगेको हो।  

विश्व फुटबल महासंघ फिफाको पछिल्लो वरीयतामा भने रोमानिया भन्दा नेदरल्यान्ड्स निकै बलियो देखिन्छ।पछिल्लो फिफा वरीयतामा नेदरल्यान्ड्स सातौँ स्थानमा छ। रोमानिया भने वरीयताको ४७औँ स्थानमा छ। 

युरो कपमा नेदरल्यान्ड्सको यो ११औँ सहभागिता हो। युरो कपमा रोमानियाको यो छैटौँ सहभागिता हो। 

नेदरल्यान्ड्सले सन् १९७६ मा पहिलो पटक युरो कप खेलेको हो।रोमानियाले सन् १९८४ मा पहिलो पटक युरो कप खेलेको थियो । नेदरल्यान्ड्सले एक पटक युरोकपको उपाधि जितेको छ। सन् १९८८ मा नेदरल्यान्ड्सले तत्कालीन सोभियत संघलाई २–० गोलले हराएर उपाधि जितेको थियो।रोमानियाले हालसम्म युरोकपको उपाधि जित्न सकेको छैन । रोमानिया हालसम्म युरोकपको सेमिफाइनलमा पनि पुग्न सकेको छैन।

विश्वकप फुटबलमा त नेदरल्यान्ड्स तीन पटक फाइनलसम्म पुगेर पनि  उपाधि चुम्न नसकेकाले अन्तर्राष्ट्रिय फुटबलमा अभागी टोलीको संज्ञा पाएको छ।

अन्तर्राष्ट्रिय फुटबलमा नेदरल्यान्ड्स र रोमानियाबिच अहिलेसम्म  १३ पटक प्रतिस्पर्धा भएको छ।नौ खेलमा नेदरल्यान्ड्सले रोमानियालाई हराएको छ।रोमानियाले भने नेदरल्यान्ड्सलाई  एक खेलमा पराजित गरेको छ।तीन खेल भने बराबरीमा सकिएको छ। 

प्रकाशित: १८ असार २०८१ १८:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App