२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

विपद् व्यवस्थापन गर्न गोताखोर तालिम

सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारद्वारा आयोजित गोताखोर तालिम समापन भएको छ।

विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि आयोजित ३६ दिने तालिमको समापन बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानाराण श्रेष्ठले गरेका थिए।

तालिम बागमती प्रदेश सरकारको सहयोगमा आयोजित भएको थियो। सशस्त्र प्रहरी बलका विभिन्न इकाईबाट छनौट गरिएका १९ जना सशस्त्र प्रहरी कर्मचारीले तालिम लिएका थिए।

समापनको क्रममा इच्छाकामना गाउँपालिका वडा नम्बर-४ कुरिनघाट स्थित त्रिशुली नदीमा प्रशिक्षार्थीहरूले जलद्धार सम्बन्धी अभ्यासको डेमो समेत प्रदर्शन गरेका थिए।

कार्यक्रममा मन्त्री श्रेष्ठले विपद् व्यवस्थापनको क्षेत्रमा सशस्त्र प्रहरी बलले पुर्याएको योगदानको प्रशंसा गरे। उनले मनसुनको सुरुवातसँगै आउने विपद्को सामना गर्न तयारी अवस्थामा रहन निर्देशन दिए।

नेपाल सरकारले पहिलो पटक वि.सं. २०६९ सालमा बंगलादेशमा २५ जना सशस्त्र प्रहरीलाई गोताखोर तालिमका लागि पठाएको थियो। त्यसपछि वि.सं. २०७६ देखि नेपालमै गोताखोर तालिम सञ्चालन गरिँदै आएको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशिराज दाहालले जानकारी दिए।

उनले सशस्त्र प्रहरी बलले विपद् प्रतिकार्यका लागि ८ वटा खोज तथा उद्धार टिमहरू, विपद् डेडिकेटेड ९ वटा वेशहरू र देशभर ९ स्थानमा गोताखोर टोलीहरू आवश्यक साधनस्रोतसहित परिचालन गरिरहेको बताए।

तालिम प्राप्त गोताखोरहरूलाई नेपाली जनताको जिउधनको सुरक्षा गरी भरपर्दो आडभरोसा बन्ने गरी कार्य गर्न उनले निर्देशन दिए।

प्रकाशित: २० असार २०८१ २०:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App