२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकारको समर्थन फिर्ता लिने एमालेको निर्णय, मन्त्रीहरू राजीनामा बुझाउँदै

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिएपछि सरकारलाई दिएको समर्थन एमालेले बुधबारबाट लागु हुनेगरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

‘हामीले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि प्रधानमन्त्रज्युलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थियौं। त्यो भनेको उहाँसँग पनि छलफल गरेर नयाँ किसिमले अगाडि बढ्ने भन्ने मनशाय हो,’ एमाले प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले भने,‘तर उहाँले बाटो खोल्नुभएन। त्यसैले समर्थन फिर्ता लिने निर्णय भयो।’

अहिले समर्थन फिर्ता लिएको र राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि लेखिएको पत्र बुझाउन आफू प्रधानमन्त्री दाहाललाई भेट्न जान लागेको प्रमुख सचेतक बर्तौलाले बताए।

‘अहिले मन्त्रीज्युहरू पनि सँगै जाने कार्यक्रम छ। मन्त्रीज्युहरू एकमुस्ट राजीनामा पनि दिनुहुन्छ,’ उनले भने।

प्रकाशित: १९ असार २०८१ १८:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App