२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

मठेश्वरनाथ मन्दिरको उत्खन्नमा लिच्छवीकालिन अवशेष फेला

जनककालि ऐतिहासिक मठेश्वरनाथ मन्दिरको उत्खन्नमा आठौं/नवौं शताब्दीका लिच्छवीकालिन अवशेषहरु फेला परेका छन्।

पुरातत्व विभागका पुरातत्व विदप्रकाश दर्नालसहित तीन सदस्य टोलीले असार ७ गतेदेखि सुरु गरेको सो प्राचीन मन्दिरको अवशेष उत्खननमा आठौं/नवौं शताब्दीका लिच्छवीकालिन अवशेषहरु फेला परेका हुन्।

धनुषाकाे सबैला नगरपालिकाको वडा नं-६ गोविन्दपुरस्थित जनककालि ऐतिहासिक मठेश्वरनाथ मन्दिरमा अहिलेसम्म दुई वटा पत्थर जोड्ने आइरन डावर, फलामको गोलो रिंग, मन्दिरको माथीको सरफेशमा भारतीय र नेपाली सिक्काका साथै पत्थरमा लिच्छवी शैलीको ‘माना’ अर्थ आउने अक्षर भेटिएको छ।

पुरातत्वविद् प्रकाश दर्नालका अनुसार सोहि अक्षरको आधारमा मन्दिरको प्राचिनता पत्ता लगाउन सकिन्छ। लिपि विशेषज्ञलाई देखाएर वास्तविकता पत्ता लगाउने उनले जनाए।

पुरातत्व विद् दर्नालले भग्नावशेष हेर्दा प्राचीन मन्दिरको स्वरुप देखिएको जानकारी दिए। उनले उत्खननको क्रममा एउटा महत्वपूर्ण ढुङ्गा भेटिएको उल्लेख गरे।

स्थानीयका अनुसार पुरातत्व विभागले उत्खनन गरिरहेको स्थानमा मठेश्वरनाथ मन्दिर थियो। यस मन्दिरको बारेमा धार्मिक ग्रन्थ रामायणमा समेत जिकिर गरिएको पाइन्छ। सो मन्दिर मिथिलाका राजा जनकद्धारा निर्माण गरिएकाे भन्ने जनविश्वास छ।

राजा जनकले मिथिलाको राजधानी जनकपुरधामको सम दूरीमा चारवटा मठ निर्माण गरेका थिए। महोत्तरीको जलेश्वरमा जलेश्वरनाथ, धनुषाको क्षीरेश्वरमा क्षीरेश्वरनाथ, धनुषाकै गोविन्दपुरमा मठेश्वरनाथ र भारत बिहार राज्यको काल्याणेश्वरमा कल्याणेश्वरनाथ मन्दिरको निर्माण गरेका थिए।

त्यसमध्ये जलेश्वरनाथ, क्षीरेश्वरनाथ र कल्याणेश्वरनाथ मन्दिरमा आज पनि पूजापाठ हुन्छ भने मठेश्वरनाथ मन्दिरको केही भग्नावशेष मात्र बाँकी छ।

प्रकाशित: १७ असार २०८१ १८:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App