२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कलैयाका १३६ जनप्रतिनिधिद्वारा राजीनामा

कलैया उपमहानगरपालिकाका प्रमुखसहित जनप्रतिनिधिले कलैया उपमहानगरपालिकामा एक कार्यक्रम गरि शुक्रबार राजीनामा दिएका छन्। वैशाख ३० गते हुने लागेको स्थानीय तहको निर्वाचनमा पुनःउम्मेदवार बन्नको लागि १३६ जनाले राजीनामा दिएका हुन्।

कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले उपप्रमुख रहिमा खातुनलाई राजीनामा बुझाएका थिए भने १३४ जना जनप्रतिनिधिले प्रुमख यादवलाई राजीनामा बुझाएको कलैया उपमहानगरपालिकाका प्रमुख  प्रशासकिय अधिकृत नाथु साहले बताएका छन्। कलैयाको कार्यपालिका १३९ सदस्यीय रहेकोमा कार्यपालिकाका ३ जना सदस्यल राजीनामा दिन बाँकी रहेको साहले बताए।

कलैया उपमहानगरपालिकाको प्रमुखमा पुनः उम्मेदवारी दिन राजिनामा दिएका राजेश राय यादवले नेपाली काँग्रेसको १४ औँ जिल्ला अधिवेशनमा पार्टी सभापतिमा निर्वाचित हुनको लागि अर्का सभापति उम्मेदवार रामानन्द यादवलाई कलैया उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवार बनाउने र आफू प्रमुखको उम्मेदवार नबन्ने उनले लिखित सहमति गरेका थिए।

नेपाली काँग्रेसका सह–महामन्त्री उमाकान्त चौधरी, कन्द्रीय सदस्य रमेश रिजाल र राजेश रायको बुवा अर्का काँग्रेसका केन्द्री्रय सदस्य राधेचन्द यादवको रोहबरमा गरिएको लिखित सहमिति पद लुलुप्ताको कारणले कार्यान्वय गर्नतर्फ नलागेको भनी काँग्रेस पार्टी र नगरवासीमा राजेश राय यादव प्रति नाकारात्मक संदेश गएको कँग्रेस कलैयाका नगर सचिव मुकेश यादवले बताएका छन्। सत्तारुढ गठबन्धनकातर्फबाट कलैयाको मेयर कांग्रेसले र उपमेयर जसपाले पाउने सहमति भएको छ।

प्रकाशित: ९ वैशाख २०७९ ११:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App