१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

जनकपुर उपमहानगरपालिकामा गठबन्धनको साझा उम्मेदवार लालकिशोर साह

जनकपुरधाम उपमहानगरपालिकाको निवर्तमान मेयर लालकिशोर साहले जनता समाजवादी पार्टीबाट मेयर पदको टिकट पाएका छन्। जसपा नगर कार्यसमितिले विसुनदेव साह, लालकिशोर साह र प्रदेश कमिटि सदस्य बजरंग यादवको नाम सिफारिस गरेको थियो।

नगर कार्यसमितिले गरेको सिफारिसमा प्रदेश कार्यसमितिले तीन दिनको छलफलपछि आज (आइतवार) उम्मेदवार टुंगो लगाएको हो। सत्तारुढ गठबन्धनले महानगरपालिका उपमहानगरपालिकामा गरेको सिट बाँडफाँडमा जनकपुरधाम उपमहानगरपालिका जसपाको भागमा परेको हो।

सत्तारुढ दलको साझा उम्मेदवार लालकिशोर साह बनेका हुन्। साह गत स्थानीय चुनावमा तत्कालीन (राजपा) बाट मेयरमा निर्वाचित भएका थिए। उनी उम्मेदवारी दिन शुत्रबार मेयर पदबाट राजीनामा गरेका थिए। सत्ता गठबन्धनको निर्णय अनुसार मेयर जसपालाई उपमेयर कांग्रेसलाई दिएको छ। तर कांग्रेस अहिलेसम्म उपमेयरको नाम टुंगो लगाउन सकेको छैन।

यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले हिजो नै उम्मेदवार टुंगो लगाइसकेको छ। मेयरमा मनोज चौधरी र उपमेयरमा निवर्तमान उपमेयर रीता मिश्रलाई उम्मेदवार बनाएको हो। जनकपुर उपमहानगरपालिकामा एमालेले अहिलेसम्म उम्मेदवार छनोट गर्न सकेको छैन।

गठबन्धनको निर्णय अनुसार जनकपुर उपमहानगरपालिका नेपाली कांग्रेसलाई नपरेपछि कांग्रेसको तर्फबाट मेयर पदको आकांक्षी मनोज साह पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। अर्का निर्माण व्यवसायी बलराम महतोले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्।

प्रकाशित: ११ वैशाख २०७९ ११:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App