१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

जनकपुरमा तितरबितर बन्दै कांग्रेस

जनकपुरधाम उपमहानगरपालिकाको नेपाली कांग्रेस नगर सभापति मनोज साहले पार्टी परित्याग गरेका छन्। शुक्रबार मुरली चोकस्थित आफ्नै निजी निवासमा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन्।

सत्तारुढ गठबन्धनले गरेको सहमति अनुसार जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख पद (जसपा) लाई दिएपछि असन्तुष्ट भएका नगर कार्य समितिका सभापति साह, कोषाध्यक्ष विरेन्द्र यादव र सचिव लालबाबु मिश्रलगायत सयौं कार्यकर्ता समूहिक रुपमा राजीनामा गरेको हो।

कांग्रेस नगर सभापति साह नेपाली कांग्रेस परित्याग गरी स्वतन्त्र उम्मेदवारी समेत घोषणा गरेका छन्। गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनको निर्णय नमान्ने कार्यकर्तालाई कारबाही गरिने भनेपछि पार्टीको सधारण सदस्य नरहने गरी पार्टी परित्याग गरेको साहले बताए।

‘मधेश प्रदेशको राजधानी जनकपुर उपमहानरपालिका नेपाली कांग्रेको उर्वर भूमि हो यहाँ कांग्रेस र रुख छाप जोगाउनु छ। त्यसैले हामी स्वतन्त्रत उम्मेदवारी दिनेछौं।’ सभापति साहले भने ‘कांग्रेस केन्द्रीय कार्य समितिले जून निर्णय गरेको छ। त्यसको विरुद्धमा हाम्रो जिल्ला सभापति पनि छ। नगरको २५ वटै वडामा घुमेका छौं साथीहरुले छाता छापमा मत दिने स्थितिमा छैन त्यसैले हाम्रो छाप नभएपनि कांग्रेसी चेहरा हुनुपर्‍यो भनेपछि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छौं।’

साह ७४ को स्थानीय चुनावमा नेपाली कांग्रेसको तर्फबाट नगर प्रमुखको उम्मेदवार बनेका थिए। उनी तत्कालीन (राजपा) उम्मेदवार लालकिशोर साह सँग पराजित भएका थिए। यसपटक पनि साहको नाम कांग्रेस नगर कार्यसमितिले नगर प्रमुखमा सिफारिस गरेको थियो।

प्रकाशित: ९ वैशाख २०७९ ११:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App