३ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

नीति कार्यक्रमले संविधान कार्यान्वयन र अर्थतन्त्र सुधार गर्छः सांसद शर्मा

नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सरकारको नीति कार्यक्रम संविधान कार्यान्वयन, संघीयताको सबलीकरण र अर्थतन्त्रका सुधार गर्नेगरी आएको बताएका छन्।

आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले सरकारको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम संविधान कार्यान्वयन, संघीयताको सबलीकरण र अर्थतन्त्रको सुधार हुनेगरी आएको बताएका हुन्। 

उनले पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगार सिर्जना, सुशासन प्रवर्द्धन र सामाजिक सेवा प्रवाहमा सुधार हुने गरी नीति तथा कार्यक्रम रहेको पनि बताए।  

उनले भने, ‘सरकारले ल्याएको नीति, कार्यक्रमले विशेषगरी संविधान कार्यान्वयन, संघीयताको सबलीकरण, अर्थतन्त्रका सुधार, पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगार सिर्जना, सुशासन प्रवद्र्धन, सामाजिक सेवा प्रवाहमा सुधार, सरलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्टाचार नियन्त्रणजस्ता कुराहरुलाई अगाडी सारेको छ। सुशासनलाई संस्थागत गर्न, विकास निर्माणलाई गति दिन र सेवा प्रवाहलाई सारभुत र आम जनताले अनुभुत गर्न सक्ने सुधार गर्न शान्ति प्रक्रियालाई शिघ्र तार्किक निष्कर्षमा पुर्‍याउन तथा स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्वन गर्दै राष्ट्रिय हित, प्रतिष्ठा र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न अगाडी सारिएका यि महत्वपूर्ण नीतिहरु पार्टी विशेषका भन्दापनि आम नेपाली जनताको आवश्यकताका कुराहरु हुन्। र हामी सबै राजनीतिक दलका साझा मुद्दाहरु हुन्। यि राजनीतिक दलका साझा मुद्दाहरुलाई हामीले आत्मसात् गरेर एउटा सहमतीबाट देशलाई अगाडी बढाउने, सहमतीबाट मात्रै समृद्धिको बाटो खुल्ने छ। हामी सुशासन स्थापना गर्नेछौँ।’

नीति तथा कार्यक्रमले शान्ति प्रक्रियालाई शिघ्र तार्किक निष्कर्षमा पु¥याउन तथा स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्वन गर्दै राष्ट्रिय हित, प्रतिष्ठा र राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने पनि उनको भनाई छ।

प्रकाशित: १३ जेष्ठ २०८१ १४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App