३ असार २०८१ सोमबार
image/svg+xml
समाज

तनहुँमा भारतीय नम्बरको कार दुर्घटना, पाँच घाइते

तनहुँमा भारतीय कार दुर्घटना हुँदा पाँच भारतीय नागरिक घाइते भएका छन्।

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीबाट डुम्रे तर्फ जाँदै गरेको ०६ डिएच ८२८१ नम्बरको भारतीय कार आँबुखैरेनी गाउँपालिका वडा नं-१ सत्र सयमा आइतबार  बिहान करिब ४ बजेको समयमा दुर्घटनामा परेको थियो।

कार अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार घाइते भएकाहरू सबै भारतीय नागरिक हुन्।

घाइतेहुनेहरुमा भारतको बिहार मजसापुर थानाकाटी बस्ने २३ वर्षीय सचेन्द्र कुमार, सोही ठाउँ बस्ने २३ वर्षीय आन्नद कुमार, ३० वर्षीय कुमार र २५ वर्षीय सुमित कुमार रहेका छन्।

घाइतेहरू मध्यका सचेन्द्र कुमारको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेहरूको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार जारी छ।

प्रकाशित: १३ जेष्ठ २०८१ १५:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App