२ असार २०८१ आइतबार
image/svg+xml
समाज

मुगुमा उड्न लागेको विमानले स्टेसन प्रमुखलाई ठक्कर दियाे

मुगुको रारा विमानस्थलमा उड्न लागेको विमानले ठक्कर दिँदा एक कर्मचारी गम्भीर घाइते भएका छन्।

बिहीबार नेपालगन्जका लागि उड्न लागेको सीता एयरको टुइनेटर विमानको अघिल्लो भागले ठक्कर दिँदा सोही विमानका मुगु स्टेसन प्रमुख धीरेन्द्र भाम गम्भीर घाइते भएका हुन्।

भाम विमानका चालकलाई विमान उडान गर्न संकेत गरिरहेका थिए। विमान बिस्तारै गुड्दै थियो। सोही बेला चालकले बोलाएपछि विमानतर्फ जाँदै गर्दा विमानको अघिल्लो भागले उनलाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

घाइते भएपछि अचेत अवस्थामा रहेका भामलाई सोही एयरको विमानमार्फत उपचारका लागि नेपालगन्ज लगिएको छ।

प्रकाशित: १० जेष्ठ २०८१ १४:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App