५ आश्विन २०८१ शनिबार
image/svg+xml

धाँधलीको आरोपमा पर्साको छिपहरमाईमा मतगणना स्थगित, पुनःमतदानको माग

पर्साको छिपहरमाई गाँउपालिकामा मतगणनाका लागि खटेको कर्मचारी टोली निवर्तमान गाउँपालिकाका अध्यक्ष समेत रहेका नेकपा एमालेका उम्मेदवारको पक्षमा धाँधली गरेको विपक्षीहरूले आरोप लगाएका छन्।

स्थानीय तह मत गणना: गठबन्धनलाई प्रारम्भिक अग्रता

स्थानीय तहको निर्वाचनको प्रारम्भिक मतगणनाअनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनका उम्मेदवारहरूले अधिकांश स्थानमा अग्रता लिएका छन्।

सुनसरीमा ६५ प्रतिशतभन्दा बढी मत खसेको अनुमान

शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनमा सुनसरीमा ६५ प्रतिशतभन्दा बढी मत खसेको अनुमान गरिएको छ।

सय वर्ष नाघेका मतदाताको उत्साह

‘सय वर्ष नाघेका बाआमाले भोट खसाल्नु लोकतन्त्रका लागि निकै ठुलो उपलब्धि हो,’ सानो गौचरनस्थित मतदान केन्द्रमा भेटिएका रामकुमार सुनुवारले भने, ‘चुनाव जित्नेले यी अमूल्य मतको दुरुपयोग नगरून्।’

मुलुकभर महोत्सवमय मतदान

संविधान सभाबाट नयाँ संविधान जारी भएपछि दोस्रोपटक शुक्रबार भएको स्थानीय तह निर्वाचन छिटफुट घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।

इलाममा ६५ प्रतिशत हाराहारी खस्यो मत

इलाममा करिब ६५ प्रतिशत मत खसेको छ। २ लाख २४ हजार ७ सय ४८ मतदातामध्ये यो संख्यामा मतदान भएको सिडिओ माधवप्रसाद ढुंगानाले जानकारी दिए।

मेयरका उम्मेदवार जोशीमाथी कुटपिट

व्यास नगरपालिकाको मेयरका उम्मेदवार दिपकराज जोशीमाथी कुटपिट भएको छ। व्यास नगरपालिका–८ रिस्तीमा मेयरका उम्मेदवार जोशीमाथि कुटपिट भएको हो।

पचरौताको दुई केन्द्रमा मतदान रोकियो

पचरौता नगरपालिकाको दुई मतदान केन्द्रमा मत खसाउने काम अहिले रोकिएको छ। पचरौता २ का श्रीनगर बैरिया मतदान केन्द्र र बरगाछी मतदान केन्द्रमा मतदाता संख्या भन्दा बढी मत खसाइएको भेटिए पछि स्थानीयहरुको बिरोधका कारण मत खसाउने कार्य रोकिएको हो।

तनहुँका मतदातामा उत्साह

तनहुँमा बिहान ७ बजेदेखी उत्साहजनक रुपमा मतदान भइरहेको छ। जिल्लाको १० स्थानीय तह र वडाको नेतृत्व चयनका लागि मतदाताले बिहानदेखी उत्साहजनक रुपमा सहभागिता जनाएर मतदान गरिरहेका छन्।

मतदानस्थलमा अपाङ्ग, ज्येष्ठनागरिक र गर्भवती महिलालाई प्राथमिकता

म्याग्दीको सबै मतदानस्थलमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठनागरिक र गर्भवती महिलालाई मतदान गर्नका लागि पहिलो प्राथमिकता दिइने भएको छ।

मतदान गर्न जानेको लर्काे

स्याङ्जा भिरकोटका शर्मा मात्रै होइनन्,अध्ययन र रोजगारीका सिलसिलामा राजधानीमा बसोबास गर्दै आएका अधिकांश मतदाता भोट खसाल्ने प्रयोजनका लागि गाउँ फर्किरहेका छन्।

सिन्धुपाल्चोकका मतदान केन्द्रमा दुई घेराको सुरक्षा

सिन्धुपाल्चोकका मतदान केन्द्रमा दुई घेराको पहरासहित एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ।

कपिलवस्तुमा ५३ वटा मतदान केन्द्र महिलाको नेतृत्व

स्थानीय तहको निर्वाचनतका लागि कपिलवस्तुमा ५३ वटा मतदान केन्द्र महिलाको नेतृत्वमा खडा गरिएको छ।

दुर्गमका केन्द्रमा एक सय भन्दा कम मतदाता

गोरखाको तीनवटा मतदान केन्द्रमा एकसय भन्दा कम मतदाता रहेका छन्। चुमनुब्री गाउँपालिका ४ को नामरुङ गुम्बा मतदानकेन्द्र नामरुङमा ८२ जना मात्रै मतदाता छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्