coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कपिलवस्तुमा ५३ वटा मतदान केन्द्र महिलाको नेतृत्व

स्थानीय तहको निर्वाचनका लागि कपिलवस्तुमा ५३ वटा मतदान केन्द्र महिलाको नेतृत्वमा खडा गरिएको छ। यस्तै महिलाको नेतृत्वमा सबै कर्मचारी महिला रहेको २ नमुना मतदान केन्द्र बनाइएको छ।

कपिलवस्तु नगरपालिका– ३ यशोधरा मावि मतदान स्थलमा २ सरकारी कार्यालय हाक्दै आएका महिलाको नेतृत्वमा सबै कर्मचारी महिला रहने गरी मतदान केन्द्र बनाइएको हो। मुख्य निर्वाचन अधिकृत तेजेन्द्र प्रसाद शर्माले १० पालिकाकालागि २ सय ३५ मतदान स्थलमा ४ सय ६८ मतदान केन्द्र खडा गरिएका छन्। जसमा ५३ वटा मतदान केन्द्र महिलाको नेृत्वमा छन्।

यस्तै यशोधराका २ मतदान केन्द्र महिला कै नेतृत्वमा सबै महिला कर्मचारी रहने गरी नमुना मतदान केन्द्र खडा गरिने मुख्य निर्वाचन अधिकृत शर्माले बताए। प्रत्येक केन्द्रमा एक मतदान अधिकृत एक सहायक मतदान अधिकृत, २ सहायक कर्मचारी र एक कार्यालय सहयोगी गरी ५ जना छन्। यशोधराको क निर्वाचन केन्द्रमा मतदान अधिकृत कपिलवस्तु संग्रहालयकी प्रमुख शान्ति शेर्मा नियुक्त भएकी छिन्।

सो केन्द्रमा सहायक मतदान अधिकृत जनता मावि हदौनाकी निमावि शिक्षिका मनकला गैरे, सहायक कर्मचारीहरुमा सुन्दर प्रावि मालपाराकी प्रावि शिक्षिका उपासना पाण्डेय, रामदेव प्रावि बिठुवाकी प्रावि शिक्षिका अनिता शर्मा र जिल्ला प्रशासन कार्यालयकी कार्यालय सहयोगी सुशिला कहार खटिने छन्।

यस्तै यशोधरा माविकै ख मतदान केन्द्रमा बुद्धभुमी नगरपालिककी इन्जीनीयर निकिता त्रिपाठी मतदान अधिकृत, प्रशासन कार्यालयकी नासु सिता बन्जाडे सहायक मतदान अधिकृत तथा  दोहनी स्वास्थ्य चौकीमा कार्यरत अहेब कमला गैर पन्थी र सिद्धार्थ गौतमबुद्ध गुम्बा प्राबिकी शिक्षिका उमा पोख्रेल सहायक कर्मचारी र डिभिजन वन कार्यालय कपिलवस्तुकी कार्यालय सहयोगी किस्लावती धोबी खटिने छन्।

यशोधरा मावि क मतदान केन्द्रकी मतदान अधिकृत शान्ति शर्माले महिला कै नेतृत्वमा सबै कर्मचारीहरु महिला रहने गरी बनाइएको मतदान केन्द्र आफ्नो लागि नौलो अनुभव रहेको बताइन्। ‘आफ्नो कार्यालय त हाक्दै आएकी छु, वैशाख ३० मा हुने मतदान पनि व्यवस्थित रुपले सञ्चालन गर्नेछु’ उनले भनिन्।

महिला कै नेतृत्वमा मतदान अधिकृतको जिम्मेवारी दिएकोमा खुशी व्यक्त गर्दै आफूहरुले जिम्मेवारी सफलतापूवर्क सम्पन्न गर्ने उनले बताइन्। यस्तै यशोधरा मतदान केन्द्र ख को मतदान अधिकृतको जिम्मेवारी पाएकी निकिता त्रिपाठीले आफ्नो जीवनको यो पहिलो अनुभव भएको बताइन्। ‘सिभिल इन्जीनीयरको रुपमा काम गर्दै आएकी छु, मतदान अधिकृतकोरुपमा काम गर्न लागको यो मेरो पहिलो अनुभव हो’ उनले भनिन्।

आफूले पाएको यो जिम्मेवारी राम्ररी पूरा गर्ने उनले बताइन्। उता वैशाख ३० गते हुने निर्वाचनको सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। १० पालिकामा खडा भएको निर्वाचन अधिकृतको कार्यालय मार्फत् मतदान केन्द्रमा खटिने कर्मचारीहरुलाई आवश्यक सामाग्री दिइ पठाइएको जिल्ला निर्वाचन अधिकारी ज्ञानुराम पन्थीले बताए।

मतपत्र तथा निर्वाचनमा प्रयोग हुने ६२ प्रकारका सामाग्रीहरु र अनुसुचीसहित मतदान केन्द्रमा कर्मचारीहरुलाई पठाइएको छ। निर्वाचनमा कुल २ हजार ३३७ कर्मचारीहरु खटिएका छन्। प्रत्येक केन्द्रमा ३ जना छुट्टै स्वयमसेवक राखिएका छन्। मतदान केन्द्रमा वैशाख २७ गते कर्मचारीहरु मतदान केन्द्रमा। मतगणका लागि समेत स्थानहरुको छनौट भई सकेको मुख्य निर्वाचन अधिकृत शर्माले बताए।

‘निर्वाचनको लागि तयारी तीव्र पारेका छौ’ उनले भने। मतदान केन्द्रमा खटिएका कर्मचारीहरुले सर्वदलीय बैठक गरी मतदाता परिचय पत्र वितरण कार्य जारी रोखेका छन्। उता निर्वाचनलाई स्वच्छ भयरहित र निष्पक्ष बनाउन नेपाल र सशस्त्र प्रहरी, म्यादी प्रहरीसहित ४ हजार बढी सुरक्षाकर्मीहरु परिचालन हुने प्रजिअ धर्मेन्द्रकुमार मिश्राले बताए।

कपिलवस्तुमा १० पालिकामा मेयर, उप मेयर, ९६ वडाध्यक्ष, ३ सय ८४ वडा सदस्य गरी ५ सय पदकालागि ३ हजार ५५२ उम्मेदवारी परेको छ। जिल्लामा कुल ३ लाख ७३ हजार१ सय मतदाता छन्। महाराजगंज नगरपालिकामा भने जेठ ३ गते निर्वाचन हुनेछ।

प्रकाशित: २८ वैशाख २०७९ १२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App