५ आश्विन २०८१ शनिबार
image/svg+xml

सर्लाहीको दुई मतदान केन्द्रका सम्पूर्ण कर्मचारी महिला

सर्लाही जिल्लाको दुई मतदान केन्द्रका सम्पूर्ण कर्मचारी महिला खटाइएको छ। वैशाख ३० हुन गइरहेको स्थानीय तहको चुनावको लागि सर्लाहीको दुई मतदान केन्द्रमा मतदान अधिकृतदेखि कार्यालय सहयोगीसम्म र सुरक्षाकर्मी पनि महिला नै खटाइएका हुन्।

निर्वाचनका लागि अधिकृतसहित कर्मचारीको टोली मतदानस्थलतर्फ

चितवनमा स्थानीय तह निर्वाचनका लागि मतदान अधिकृतसहित कर्मचारीको टोली मतदान स्थलतर्फ लागेका छन्।

चुनाव गराउन गाउँ हिँडे कर्मचारी

स्थानीय तहको निर्वाचन गराउन मतदान केन्द्रमा खटिने कर्मचारी चुनावी सामाग्री लिएर गाउँ हिँडेका छन्।

जनमतलाई जडमत बनाइँदैछ

जन जो छन् ती चलायमान हुन्छन् जड स्थिर हुन्छ। जब मत जड हुन्छ र सबै किसिमले स्थिर बनाइन्छ। जनमत परिवर्तनशील हुन्छ। यसमा जडता हुँदैन। यसकारण अहिलेसम्मको विकास यात्रामा नेतालाई जनमत परिवर्तन होला कि भन्ने डर लागिरहन्छ। नेताहरूले जनमतलाई जडमतमा परिवर्तन गर्ने व्यवस्था बनाइसकेका छन्।

सर्लाही र रौतहटमा १८६ मतदानस्थल अति संवदेनशील

सर्लाही र रौतहट जिल्लामा गरी १ सय ८६ मतदान स्थल अति संवदेनशील रहेको देखिएको छ। सर्लाहीमा १ सय ३ र रौतहटमा ८३ गरी दुवै जिल्लामा १८६ मतदान स्थल अति संवेदनशील भएको सम्बन्धित निकायको निष्कर्ष रहेको छ।

मतदान केन्द्रमा सियोदेखि सुत्लीसम्म

अहिले जिल्ला निर्वाचन कार्यालयले मतदानस्थल पठाउने सामग्री तयार गर्दैछ। कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले सबै मतदानस्थलमा पठाइने सामग्री यकिन गरी प्याक गर्ने काम भइरहेको बताए। ‘सबैजसो सामान आइपुगेको छ,’ उनले भने, ‘अब धमाधम पठाइँदैछ।’

ताप्लेजुङको याङ्मा मतदानस्थलमा ६० जना मतदाता

आउँदो स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा रहेका ७३ मतदान स्थलमध्ये सबैभन्दा कम मतदाता फक्ताङ्लुङ गाउँपालिकाको वडा नं ७ याङ्मास्थित याङ्मा आधारभूत विद्यालयमा हुने भएका छन्।

स्थानीय तह निर्वाचन: मोरङमा ४ हजार ६ सय कर्मचारी खटाइने

मोरङका ८ सय २० वटा मतदान केन्द्रका लागि करिब ४ हजार ६ सय कर्मचारी खटाउने तयारी भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ।

भक्तपुरमा मतदाता एक लाख ८९ हजार

भक्तपुरमा १८ वर्ष उमेर पुगेका मतदान गर्न अधिकार प्राप्त एक लाख ८९ हजार ५८४ मतदाता पुगेका छन्। भक्तपुरमा पुरुष ९२ हजार २६५, महिला ९७ हजार ३१४ र तेस्रो लिङ्गी पाँच गरी कूल एक लाख ८९ हजार ५८४ मतदाता पुगेको आज जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जानकारी दिएको छ।

एमसीसीको पक्षमा मत हाल्न वञ्चित कांग्रेसका यी चार सांसद

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को पक्षमा उभिएका कांग्रेसका चार जना सांसदले भने मतदानमा सहभागी नहुन नपाउने भएका छन्।

मतदान स्थलहरु अपांगमैत्री हुन आवश्यक

निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न कोही पनि नागरिक नछुटून भन्नेमा सचेत रहेको बताएको छ।

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सकिन्छ: सरोकारवाला

सर्वोच्च अदालतले विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था मिलाउन दिएको आदेश कार्यान्वयनमा अलमल देखिएको छ।

राष्ट्रियसभा निर्वाचनको मतदान सुरु, आजै मतगणना हुने

राष्ट्रियसभा सदस्यको रिक्त १९ मध्य सुदूरपश्चिम प्रदेशमा रिक्त ३ पदका लागि मतदान सुरु भएको छ। धनगढी स्थित सुदूरपश्चिम प्रदेशसभा भवन परिसरमा मतदान भैरहेको छ।

माओवादी केन्द्रको निर्वाचन कार्यतालिका सार्वजनिक

आइतबार (भोलि) मतदान हुनेगरी नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।

प्रदेश नं २ मा कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान हुँदै

निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमका अनुसार प्रदेश २ को नयाँ नेतृत्वका लागि संस्थापन पक्ष र संस्थापन इतर पक्ष प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्