१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमसीसीको पक्षमा मत हाल्न वञ्चित कांग्रेसका यी चार सांसद

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को पक्षमा उभिएका कांग्रेसका चार जना सांसदले भने मतदानमा सहभागी नहुन नपाउने भएका छन्।

एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेका कांग्रेसका चार जना सांसद् मतदान प्रक्रियामा सहभागी हुन नपाउने भएका हुन्। बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि निलम्बनमा परेका सांसद विजयकुमार गच्छदार मतदान प्रक्रियामा सहभागी हुन नपाउने भएका छन्।

यस्तै, व्यक्ति हत्या आरोपमा जेल जीवन बिताइरहेका निलम्बित कांग्रेस सांसद अफ्ताव आलम पनि एमसीसीको पक्ष वा विपक्षमा मतदान गर्न नपाउने भएका छन्। साथै उपचारका लागि भारतमा रहेका कांग्रेस सांसद प्रदीप गिरि र  कर्मा घले पनि एमसीसीको पक्षमा मत हाल्न नपाउने भएका छन्। दुवै जना भारतमा रहेका छन्।

प्रकाशित: १२ फाल्गुन २०७८ ०७:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App