१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ताप्लेजुङको याङ्मा मतदानस्थलमा ६० जना मतदाता

आउँदो स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा रहेका ७३ मतदान स्थलमध्ये सबैभन्दा कम मतदाता फक्ताङ्लुङ गाउँपालिकाको वडा नं ७ याङ्मास्थित याङ्मा आधारभूत विद्यालयमा हुने भएका छन्। 

एक मतदान केन्द्र रहेको त्यहाँ ६० मतदाता हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। त्यहाँ ३० पुरुष र ३० महिला मतदाता हुने जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले जानकारी दिए।

त्यसपछिको कम मतदाता सोही गाउँपालिका वडा नं ६ स्थित ग्याब्ला प्राविमा रहेको मतदान स्थलमा ७० जना र घुन्सा माध्यमिक विद्यालय मतदानस्थलमा १ सय ६६ जना मतदाता रहेका छन्।

यस्तै सबैभन्दा बढी मतदाता आठराइ त्रिबेणी गाउँपालिका वडा नं ३ हाङ्पाङस्थित सरस्वती मावि हाङ्पाङ मतदान स्थलमा हुने भएका छन्। तीन मतदान केन्द्र रहने त्यहाँ २ हजार ७ सय १८ मतदाता रहने छन्।

त्यसपछि फुङ्लिङ नगरपालिका वडा नं ९ स्थित जनता मावि हाङ्देवा मतदान स्थलमा २ हजार ६ सय ८३ जना मतदाता रहने छन्। त्यहाँ पनि ३ वटा मतदान केन्द्र रहेका छन्।

त्यसपछि ३ मतदान केन्द्र रहेको पाथीभरा याङ्वरक गाउँपालिकास्थित कालिका मावि मतदान स्थलमा २ हजार ५ सय ८७ मतदाता रहने भएका छन्।

प्रकाशित: १७ चैत्र २०७८ १३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App