७ वैशाख २०८१ शुक्रबार
समाज

सर्लाहीको दुई मतदान केन्द्रका सम्पूर्ण कर्मचारी महिला

सर्लाही जिल्लाको दुई मतदान केन्द्रका सम्पूर्ण कर्मचारी महिला खटाइएको छ। वैशाख ३० हुन गइरहेको स्थानीय तहको चुनावको लागि सर्लाहीको दुई मतदान केन्द्रमा मतदान अधिकृतदेखि कार्यालय सहयोगीसम्म र सुरक्षाकर्मी पनि महिला नै खटाइएका हुन्।

सर्लाहीको लालबन्दी नगरपालिका २ जुटपानीमा रहेका दुई मतदान केन्द्रका सबै कर्मचारी महिला नै खटाइएको हो। स्थानीय नवजीवन माध्यमिक विद्यालयको क र ख मतदान केन्द्रका सबै कर्मचारी महिला नै खटाइएको हो। मतदान केन्द्र क मा जिल्ला प्रशासन कार्यालय सर्लाही मलंगवाका प्रशासकीय अधिकृत उर्मिल अधिकारीलाई मतदान अधिकृत बनाइएको छ भने सुनिता कुमारी मगरलाई सहायक मतदान अधिकृतमा खटाइएको छ।

यसैगरी रमा खतिवडा र चन्द्रकला कुमारीलाई सहायक मतदान कर्मचारीमा खटाइएको छ। कार्यालय सहयोगीको रुपमा लेखमाया थापालाई खटाइएको छ। सोही स्थानमा रहेको मतदान केन्द्र ख मा सर्लाही जिल्ला अदालत मलंगवाका प्रशासकीय अधिकृत मन्जु ज्ञवालीलाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ भने नीला कुमारी निरौलालाई सहायक मतदान अधिकृतको जिम्मेवारी दिइएको छ।

यसैगरी लक्ष्मी कोइराला र कविता खतिवडालाई सहायक निर्वाचन कर्मचारीको रुपमा खटाइएको छ। अन्जना कुमारीलाई कार्यालय सहयोगीको रुपमा खटाइएको छ। सर्लाहीमा ३१८ मतदान स्थलमा ५९९ ओटा मतदान केन्द्र रहेका छन्। सबै स्थानमा मतदान कर्मचारी खटिइसकेका छन्। सर्लाहीमा दुई मतदान केन्द्रमा मात्र सम्पूर्ण मतदान कर्मचारी महिलालाई खटाइएको हो। दुवै मतदान केन्द्रमा सम्पूर्ण कर्मचारी महिला नै खटाइएको स्रोतको दाबी रहेको छ।

प्रकाशित: २७ वैशाख २०७९ १३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App