७ वैशाख २०८१ शुक्रबार
राजनीति

माओवादी केन्द्रको निर्वाचन कार्यतालिका सार्वजनिक

आइतबार (भोलि) मतदान हुनेगरी नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।

सर्वसम्मतिमै नेतृत्व चयन गर्ने प्रयास गरिरहेको माओवादी केन्द्रले केही नेताहरुको चाहनालाई पनि कुण्ठित गर्न नमिल्ने भन्दै शनिबार अपरान्ह निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकामा शनिबार राति ८ बजदेखि साढे १० बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। मतदान भने आइतबार बिहान साढे ११ बजेदेखि अपरान्ह ४ बजेसम्म हुनेछ।

माओवादी केन्द्रले निर्वाचनबाट २९९ जना केन्द्रीय सदस्य निर्वाचित गर्नेछ भने निर्वाचित केन्द्रीय कमिटीले अध्यक्षसहित १५ जना पदाधिकारी चयन गर्नेछ। निर्वाचनमा १ हजार ७४२ जना प्रतिनिधिहरुले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ। यसैबीच, महाधिवेशनमा सहभागी भएका प्रतिनिधिहरुले केही नेताहरुको उम्मेदवारी दिने चाहनालाई कुण्ठित हुन नदिन निर्वाचनमा जाने निर्णय गरिएको बताएका छन्।

महाधिवेशनका प्रतिनिधि सरल सहयात्री पौडेलले निर्वाचित भएर आउने चाहनालाई पनि सम्बोधन गर्न निर्वाचनमा जाने निर्णय गरिएको बताए। त्यसैगरी अर्का प्रतिनिधि दलबहादुर जिसीले सर्वसम्मतिमा नेतृत्व चयन हुने अवस्था नरहेपछि निर्वाचनबाट नेतृत्व चयन गर्ने लोकतान्त्रिक प्रक्रिया अवलम्वन गर्नु परेको बताए।

माओवादी केन्द्रको अध्यक्षमा भने पुष्पकमल दाहाल सर्वसम्मत चयन हुने नेताहरुले बताएका छन्।

प्रकाशित: १७ पुस २०७८ १३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App