२० वैशाख २०८१ बिहीबार
image/svg+xml

माओवादी केन्द्रको निर्वाचन कार्यतालिका सार्वजनिक

आइतबार (भोलि) मतदान हुनेगरी नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।

अध्यक्ष प्रचण्डको प्रतिवेदनः सच्चिने प्रतिवद्धतादेखि युवालाई रोजगारीसम्म

नेकपा (माओवादी केन्द्र)ले पार्टीका नेता तथा कार्यकर्ता अनिवार्य रूपमा १५ दिन श्रमसँग जोडिनुपर्ने प्रस्ताव गरेको छ। राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको वैचारिक तथा राजनीतिक दस्तावेजमा पार्टीलाई उत्पादनसँग जोड्ने प्रस्ताव गरेका हुन्।

प्रचण्डको दस्तावेजको सारः व्यापक जनाधारद्वारा शान्तिपूर्ण क्रान्ति

नेकपा (माओवादी केन्द्र)को जारी आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज शुरु भएको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘२१ औँ शताब्दीमा समाजवादको बाटो’ शीर्षकको दस्तावेज पेश गरेका छन्।

राष्ट्रिय महाधिवेशनमा ‘माओवादी ब्राण्ड’को खोजी

माओवादी अध्यक्ष प्रचण्डका शब्दमा सुधारसहितको क्रान्तिकारी माओवादी बनाउने संकल्प आठौं महाधिवेशनले गर्नेछ। देश, जनताको विश्वासलाई कुन रूपमा माओवादीले सम्बोधन गर्ला भन्ने यतिबेला आम जनमानसमा चासो छ।

पदाधिकारी १५ जना हुने

केन्द्रीय समितिमा यस विषयमा छलफल भइसकेको छ। पार्टीमा अब अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव, एक कोषाध्यक्षसहित १५ पदाधिकारी रहने छन्। यो प्रस्ताव अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय कमिटी बैठकमा राखेका थिए।

मालेले पनि राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने

नेकपा (माले)को आठौँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ। यही कात्तिक २७ गतेदेखि २९ गतेसम्म चितवनको नारायणी कला मन्दिरमा महाधिवेशन गर्न लागिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्