१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मतदान केन्द्रमा सियोदेखि सुत्लीसम्म

जिल्ला निर्वाचन कार्यालयमा मतदान केन्द्र पठाइने सामग्री तयार गरिँदै। तस्बिर: भीम/नागरिक

आउँदो ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रत्येक मतदान केन्द्रमा ७० प्रकारका सामग्री प्रयोग हुँदैछन्। हिउँद र बर्खाका महिनामा परेका निर्वाचनमा सामग्रीको प्रकार फरक पर्छ। अहिले बर्खा लागिनसकेकाले केही सामग्री २०७४ सालको निर्वाचनको भन्दा फरक छन्।  

मतदानका लागि चाहिने सामग्रीमा सियोदेखि सलाईसम्म छन्। मतपत्र, मतपेटिका, सुरक्षण सिल (२ प्रकार) नउड्ने मसी भएको मार्कर, स्वस्तिक छाप (पित्तल), स्टाम्प प्याड मसी, छेकाबारा, रबर म्याट, लाहा, मार्कर पेन र स्टाम प्याड छन्। यस्तै, पुसपिन, क्लिप पिन, स्केल, स्टापलर मेसिन, स्टापलर पिन, कैंची, ग्लुस्टिक सोसर, पिन्चङ मेसिन, कर्मचारी परिचयपत्र, स्वयंसेवक परिचयपत्र, मतदान प्रतिनिधिको परिचपत्र, मतगणना कर्मचारी परिचयपत्रजस्ता सामग्री छन्।  

‘भित्र’, ‘बाहिर’, ‘पुरुष’, ‘महिला’ लेखिएका कार्ड, ‘हातहतियार निषेध’ लेखिएको, धूमपान निषेध लेखिएको, मतदाता क्रमसंख्या लेखिएको कार्ड, ‘मतदान केन्द्र’ लेखिएको कार्ड, प्लास्टिक थैलो, प्लास्टिक बोरा पनि सामग्रीका रूपमा मतदान केन्द्र पठाउँदैछ।

निर्वाचनसम्बन्धी कानुनहरू, निर्वाचन आचारसंहिता, प्लास्टिक सुत्ली, प्याकिङ टेप, नेपाली कागजको खाम,  निविदा मतपत्र राख्ने नेपाली खाम, सेतो कागज (एफोर), रेकर्ड फाइल, धागो, सियो, खाप्सियो, फलाटिन कपडा, सलाई, कोरा कपडा थैला, कोरा कपडा, जेलपेन (रातो र कालो), मैनबत्ती प्याकेट, पोलबुक, प्लास्टिक सुतली (रोल), प्याकिङ टेप, नेपाली कागजको खाम, नेपाली कपडा भएको निविदा, रेकर्ड फाइललगायतका सामान मतदान केन्द्र पठाइने निर्वाचन कार्यालयले जनाएको छ।  

अहिले जिल्ला निर्वाचन कार्यालयले मतदानस्थल पठाउने सामग्री तयार गर्दैछ। कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले सबै मतदानस्थलमा पठाइने सामग्री यकिन गरी प्याक गर्ने काम भइरहेको बताए। ‘सबैजसो सामान आइपुगेको छ,’ उनले भने, ‘अब धमाधम पठाइँदैछ।’

उनले बर्खा र हिउँदका निर्वाचनमा पठाइने सामग्रीको प्रकारमा केही फरक पर्ने बताए। बर्खाका बेला मतपेटिका र अन्य सामग्री सुरक्षित गर्न प्लास्टिकलगायत सामग्रीसमेत थपिन्छन्। निर्वाचनहरूमा ६८ प्रकारभन्दा माथिका सामग्री प्रयोग हुनेगरेका छन्। सबैजसो मतदान केन्द्रमा सवारीका साधन पुग्ने भएकाले सामग्री पठाउन गाह्राे नभएको उनको भनाइ छ।

प्रकाशित: १३ वैशाख २०७९ १०:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App