१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्थानीय तह निर्वाचन: मोरङमा ४ हजार ६ सय कर्मचारी खटाइने

स्थानीय तह निर्वाचनका लागि मोरङमा करिब ४ हजार ६ सय कर्मचारी खटाइने भएको छ। मोरङका ८ सय २० वटा मतदान केन्द्रका  लागि करिब ४ हजार ६ सय कर्मचारी खटाउने तयारी भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ।  

प्रदेश निर्वाचन कार्यालयका अनुसार मोरङका निर्वाचन केन्द्रहरूमा खटाउने कर्मचारीको व्यवस्था गर्नका लागि स्थानीय तह, प्रदेश र संघीय सरकार मातहतका निकायहरूसँग कर्मचारीको बिवरण माग गरिसकिएको छ।

हालसम्म ९ हजार कर्मचारीको विवरण निर्वाचन आयोगमा आइसकेको छ। निर्वाचनका लागि प्रदेश १ मा प्रयाप्त कर्मचारी रहेकाले चाँडै निर्वाचनमा खटाउने कर्मचारीको विवरण तयार परिने प्रदेश १ निर्वाचन कार्यालयका प्रमुख लवन कश्यप अधिकारील जानकारी दिए। उनका अनुसार  स्थानीय निर्वाचनका लागि मोरङमा ३ सय मतदान स्थल र ८ सय २० वटा मतदान केन्द्र निर्धारण गरिएको छ। प्रत्येक मतदान केन्द्रमा ५ जनाका दरले कर्मचारीहरू खटाइनेछ। 

५ सय भन्दा बढी मतदाता भए ५ जना कर्मचारी खटाउनु पर्ने व्यवस्था रहेको र मोरङका सबै मतदान केन्द्रमा ५ सय भन्दा बढी मतदाता रहेको अधिकारीले जानकारी दिए। उनका अनुसार मतदान केन्द्रमा आवश्यकताका आधारमा केहि कर्मचारी स्वयंसेवकको रुपमा पनि खटाइने छ।

स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले धमाधम तयारी गरिरहेको अधिकारीले बताए। उनका अनुसार मुख्य निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत निर्वाचन आयोगले तोकिसकेको छ। तोकिएका मुख्य निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतहरूको कार्यालय चैत २९ गतेसम्ममा व्यवस्थापन गरिसक्ने निर्वाचन आयोगको तयारी रहेको अधिकारीले बताए।

उनका अनुसार मोरङमा हालसम्म मतदाता शिक्षा सुरू गरिएको छैन। स्थानीय तहको निर्वाचनमा यो पटकदेखि मतदाता शिक्षाको जिम्मेवारी निर्वाचन अधिकृतहरूलाई नै दिइएका कारण प्रदेश निर्वाचन कार्यालयले मतदाता शिक्षाका कार्यक्रम यो वर्ष सञ्चालन नगर्ने  कार्यालय प्रमुख अधिकारीले स्पष्ट पारे।

प्रकाशित: १६ चैत्र २०७८ ०८:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App